बैंकिङ खबर । राष्ट्रिय बीमा कम्पनीले १२० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको विहीबार बसेको संचालक समितिको १३४ औ बैठकले आर्थिक बर्ष ६८।६९ सम्मको मुनाफाबाट आफ्ना सेयरधनीलाई सो अनुपातमा बोनस वितरण गर्ने प्रस्ताव अघि सारेको हो ।
साथै कम्पनीले ५.२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांस समेत वितरण गर्ने भएको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ छ । प्रस्तावित बोनसपछि कम्पनीको चुक्तापूँजी ५८ करोड ६५ लाख रुपैयाँ पुग्नेछ ।