February 9th, 2018

‘नेपालको सहकारी क्षेत्रमा अवैध धन छैन’ 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले नेपाली सहकारी क्षेत्रमा कुनै पनि प्रकारको कालो (अवैध) धन नभएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को आयोजनामा आज भएको ‘सहकारीमा सम्पत्ति शुद्धीकरण’ विषयको अन्तरक्र्रियामा उनले कालो धन खुट्टामा जञ्जीर लगाएजस्तै हुने भएकाले सहकारी क्षेत्रमा भ्रष्टाचार, आतंकवाद र हतियारधारीको पैसा नभएको जिकिर गरे । “सहकारीमा ९९ प्रतिशत स्वच्छ कारोवार हुने गरेको छ”, नेकपा (एमाले) का नेतासमेत रहेका अध्यक्ष बडालले भने ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरि नेपालले सहकारीकर्मी शुद्धीकरणबाट सशंकित नभई थप व्यवस्थित बन्नतर्फ लाग्नुपर्ने बताए । 

सहकारी विभागका उपरजिष्ट्रार नारायणप्रसाद ज्ञवालीले सम्पत्ति शुद्धीकरण निर्देशिका जारी भएपछि आतंकित हुनुभन्दा पनि व्यवस्थित रुपमा कारोबार गर्न सहकारीकर्मीलाई आग्रह गरे ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष डिबी बस्नेतले काठमाडौँका सहकारीमा तुलनात्मक रुपमा बढी विकृति देखिएको जनाए । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]