February 7th, 2018

नेपालको वैदेशिक व्यापार : चुनौती, समस्या र समाधानका मुख्य कदमहरु 

सुरज सापकोटा । आजको समयमा कुनै पनि देश वैदेशिक ब्यापारविना आफु स्वयम् धानिन सक्दैन । दुई वा दुई भन्दा बढी देशहरुको वस्तु तथा सेवाको विनिमय गर्न प्रक्रियालाई वैदेशिक ब्यापार भनिन्छ । विश्वको एउटा कुनामा उत्पादन भएको वस्तु तथा सेवा अर्को कुनामा सजिलै र छिटो पुर्याउन सकिने यातयातका साधन, सुचना प्रविधि र चमत्कारिक विकासले ब्यापार कुनै पनि देशको भौगोलिक सीमाभित्र अटाउन सकेन । फलस्वरुप यसले दुई वा दुई भन्दा बढी राष्ट्र हुँदै अन्तरराष्ट्रिय ब्यापारको रुप लियो, जसलाई आज वैदेशिक ब्यापार भनिन्छ । 

अन्तरदेशीय र अन्तरराष्ट्रिय ब्यापारकै विषयलाई लिएर कतिपय देशहरुबीच बेलाबेलामा मनमुटाब र खिचातानी हुने गरेको छ । कतिपय देशहरुले ब्यापार बढाउन राजनीतिकका साथै कुटनीतिक उपाय पनि अपनाउने गरेको पाईन्छ । नेपालको वैदेशिक ब्यापारमा आयात निरन्तर रुपमा बढेको तर निर्यात सुस्त रहेको अवस्था छ । ब्यापार घाटा कम गर्नको निमित्त विभिन्न प्रयासहरु गरिए तापनि सबै निरर्थक सावित भएका छन् । यस लेखमा मुख्य रुपमा नेपालको वैदेशिक ब्यापारमा देखिएमा चुनौती, समस्या, ब्यापार घाटाको कारण र समाधानका मुख्य कदमहरुलाई चर्चा गर्ने प्रयास गरिएको छ ।

वैदेशिक ब्यापारको अवस्था
नेपालमा देशभित्र उत्पादन गर्न नसकिने पेट्रोलियम पदार्थ, औद्योगिक मेसिनरी, यातयातका साधन तथा पाटपुर्जा जस्ता वस्तु मात्र होइन, देशभित्रै प्रशस्त मात्रामा पाइने, उत्पादन गर्न सकिने र सम्भावना रहेका उपभोग्य कच्चा पदार्थ समेत ठुलो परिमाणमा विदेशबाट आयात गर्ने गरिएको छ । नेपालबाट विदेशमा निर्यात हुने प्रमुख वस्तुहरुको रुपमा कृषिजन्य र श्रमजन्य वस्तु रहेका छन् । आयातलाई प्रतिस्थापन गर्न र स्वदेशी वस्तुहरुको निर्यात बढाउने विभिन्न नीतिहरु लागू गरिएका थिए ।

आर्थिक उदारीकरण र भुमण्डीकरणको क्रममा स्वतन्त्र ब्यापारबाट लाभ लिने अपेक्षाका साथ वस्तु तथा सेवाहरुको प्रवाहलाई खुला छोडिएको छ । सन् २००४ को अप्रिलमा नेपाल विश्व ब्यापार सङगठन (डब्लुटीओ) को सदस्य भएसँगै आयातमा लगाइएका सम्पुर्ण बन्देजहरु हटाउँदै लगिएको छ । यसैगरी नेपाल क्षेत्रीय ब्यापार सङगठन विमस्टेकको पनि सदस्य बनिसकेको छ । यसप्रकार बढ्दो आवश्यकता, बढ्दो विश्वब्यापी सामिप्यता, एकै राष्ट्रले सबै खाले आवश्यकताको परिपुर्ति गर्न नसक्ने, विदेशी मुद«ाको आवश्यकता, रोजगारी बढाउनुपर्ने, देशको आर्थिक विकास, आर्थिक संकटबाट मुक्तिसँगै एकाधिकारको अन्त्य, उत्पादन प्रविधिमा सुधार आदि आवश्यकताको कारण वैदेशिक ब्यापारको आवश्यकता भएको हो । 

नेपालसँगको विगत दुई दशकको वैदेशिक ब्यापारको तथ्याङ्क हेर्दा खुला ब्यापारको नीति अबलम्बन गरेपछि आयात ब्यापक रुपमा बढ्दै गएको तर निर्यात जहाँको त्यहीँ रहेको देखिन्छ । आ.व. २०६६÷६७ सम्म नेपालको निर्यातले पेट्रोलियम पदार्थको आयातलाई समेत खाम्ने गरेको थियो । यसपछिको कुल निर्यातलाई एउटै पेट्रोलियम पदार्थको आयातले उछिनेको छ । आर्थिक वर्ष २०७१÷७२ मा ९०.२९ अर्बको कुल निर्यात भएकोमा पेट्रोलियम पदार्थ र लुब्रिकेन्टको आयात मात्र रु. १४७.३४ अर्ब पुगेको राष्ट्र बैकको तथ्याङ्कमा उल्लेख छ । हालको ब्यापार घाटाको स्थिती निकै वृद्धि भएको देखिन्छ । चालु आर्थिक वषको २०७४ पुस मसान्तसम्म नेपालगन्ज नाकाबाट मात्र २० अर्ब रुपैयाँको सामान आयात हुँदा ८६ करोड रुपैयाको मात्र निर्यात भएको छ । चालु ६ महिनाको अबधिमा मात्रै १९ अर्ब रुपैयाँको ब्यापार घाटा देशले बेहोर्नु परेको अबस्था छ । 

नेपालले पनि अन्य मुलुकहरुलेझैँ आपmनो प्रतिष्पर्धी क्षमतालाई विस्तार गर्नुको साथै ब्यापारबाट हुन सक्ने लाभ हानीको आँकलन नगरी विश्व ब्यापार सङगठन (डब्लुटीओ) को सदस्यता लिँदा ब्यापार घाटा झनै चुलिन पुगेको धेरैको विश्लेषण छ । डब्लुटीओको सदस्यता लिएपछि एक सदस्य राष्ट्रले अर्को सदस्य राष्ट्रमा आफना उत्पादनलाई निर्वाध रुपमा विक्री गर्न, उद्योग ब्यबसायमा लगानी गर्न पाउँछन् । सो सङगठन (डब्लुटीओ) को सदस्यता लिनु भनेको यस्तो ब्यापार र लगानीमा अबरोध गर्दिन भन्ने प्रतिवद्धता गरी बजारलाई खुला छोडिदिनु हो । नेपालले कुनै सोच विचारै नगरी हतारमा डब्लुटीओ को सदस्यता लिएको फलस्वरुप आयात वेपता बढेको, प्रतिष्पर्धी क्षमता नभएको कारण निर्यात वृद्धि हुन नसकेको, गैरसरकारी संस्था मौलाउने बाहेक अन्य उपलब्धी नभएको र समग्रमा नेपालको डब्लुटीओको सदस्यता घाटा ब्यापार प्रमाणित भएको टिकाटिप्पणी पनि हुने गरेको छ । 

वैदेशिक ब्यापारलाई मुलुकको हित हुने गरी ब्यबस्थापन गर्न, मन्त्रालय, विभाग, सरकारी निकायहरु विभिन्न नीति, नियम, कार्यविधिहरु बनाई अघि बढे तापनि यस्ता नीति कार्यक्रमहरु पटके र टुक्रे भएकाले प्रभावकारी भएनन् । सरकारले विभिन्न समयमा नगद अनुदानका कार्यक्रमहरु राख्दा पनि निर्यात बढ्न सकेन बरु उटा सरकारी ढुकुटीको रकम खेर गएको देखिन्छ । नेपालले १५८ मुलुकहरुमा हालसम्म ब्यापार विविधिकरण गरेता पनि ब्यापकता छैन । आयात तिब्र दरले बढेको तर निर्यात बढ्न नसकेकोले नेपालको ब्यापार घाटा प्रतिबर्ष चुलिँदै गएको छ । आ.व.२०६१÷६२ मा ब्यापार घाटा कुल गाहसर््थ्य उत्पादनको केवल १५ प्रतिशत रहेको थियो भने यो अनुपात दश वर्षमा दोब्बरभन्दा बढी भई आ.व.२०७१÷७२ मा ३२ प्रतिशत भन्दा बढी पुगेको देखिन्छ । आ.व.२०६१÷६२ मा नेपालको कुल निर्यात कुल आयातको ३९ प्रतिशत धान्न सक्दथ्यो भन्ने आ.व.२०७१÷७२ को कुल निर्यात पहिलेको भन्दा एक तिहाई कम १३ प्रतिशत आर्यत धान्न सकेको थियो भने हालको अवस्था अझै कमजोर रहेको देखिन्छ ।

नेपालको वैदेशिक ब्यापारले खेपिरहेको मख्य चुनौती तथा समस्याहरुमा, नेपालको निर्यात ब्यापारको आधार कृषि, पशुपालन कम लचकदार र कम उत्पादनशील छ । महँगा सामग्री आयात गर्नुपर्ने वाध्यताले भुक्तानी बोझिलो हुँदै गएको अवस्थामा निकै चुनौतीपूर्ण छ । हस्तकला निर्यातको सम्भावना धेरै भएता पनि बसाईसराई, विदेश पलायन, ग्रामीण असुविधाका कारण समान उत्पादन गर्ने ब्यक्तिहरुको बढ्दो पलायन दरले विगत देखि नै निर्यातमा धक्का लागेको छ । विदेशी कोटा कटौटी, खुला सिमाना, कालो बजारी, पूर्जी पलायन, दक्ष जनशक्ति पलायन तथा अभाव, प्रतिष्प्रर्धात्मक ब्यापार क्षमताको अभाव, राजनितिक दवाव तथा दीर्घकालीन ब्यापार वृद्धि गर्न समय सान्दर्भिक नीति बन्न नसक्नु, औद्योगिक नीति र वाणिज्य नीति अनुसार कार्यक्रम अघि बढ्न नसक्नु आदिका कारण नेपालको वैदेशिक ब्यापारमा समस्याहरुको ईँटा थपिएको छ ।

निष्कर्ष
नेपालको वैदेशिक ब्यापार प्रतिवर्ष थप चिन्ताजनक हुँदै गएको छ । ब्यापार घाटा उच्च हुनु र दुई तिहाइ ब्यापार भारत केन्द्रित हुनुले लामो समयदेखि अर्थतन्त्रको निमित्त चुनौति बनेको छ । वैदेशिक ब्यापार समाधानका लागि प्रमुख रुपमा कूषिलाई आधुनिक बनाई निर्यात प्रवद्र्धन गर्ने, हस्तकला निर्माता कलाकारहरुको संरक्षण र विकास गर्ने, खुला सिमानालाई ब्यवस्थित गर्ने, व्यापारमा विविधिकरण र व्यापकता बढाउने, जनशक्ति उत्पादन स्वदेशबाटै गर्ने, नयाँ प्रविधिको उपयोग गरी उत्पादन तथा व्यापार गर्ने, निकासीयोग्य वस्तुको पहिचान गर्ने साथै आयात प्रतिस्थापन गर्न सक्ने वस्तुहरुमा रणनीतिक योजना बनाउने र निर्यात प्रर्वद्धन गरी PPP को अवधारणलाई पूर्णरुपमा लागु गर्नु पर्दछ । यसको लागि हाल सम्मको अनुभवलाई ध्यानमा राखी साँच्किै काम गर्ने खालको एक उच्चस्तरिय समन्तयात्मक समिती वा बोड गठन गरी हाल कार्यरत मन्त्रालय, विभाग, लगायतका निकायहरुलाई सबल बनाउन नेतूत्व स्थिरता विज्ञ र दक्ष जनशत्तिको व्यवस्था गरी आधुनिक प्रविधिको प्रयोगमा ध्यान दिनु आवश्यक छ । (लेखक हाल नेपाल बैक लिमिटेडको गलकोट शाखामा सहायक शाखा प्रबन्धक तथा अप्प्रेशन इन्र्चाज (एवियम)को रुपमा कार्यरत छन् ।)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]