January 27th, 2018

विश्व हल्लाउने पाँच धनाड्य महिलाहरु

लिलेन बेटेनकोर्ट
फ्रान्सेली महिला लिलेन बेटेनकोर्ट ३९.५ विलियन अमेरिकी डलर सम्पत्तिको साथमा विश्वकै सबैभन्दा धनी महिला बन्न सफल भएकी छिन् । अर्वपतिहरुको समग्रमा सूचिमा भने उनी १४ नम्बरमा परेकी छिन्, जबकि २०१६ मा उनी ११ नम्बरमा थिइन् । फोब्र्सका अनुसार, एक वर्षमा उनले ३.४ विलियन अमेरिकी डलर बराबरको सम्पत्ति थप गरेकी छिन् । चर्चित कस्मेटिक ब्राण्ड लरियलमा एकतिहाई स्वामित्व उनको छ । 

एलिस वाल्टन
विश्वकै दोस्रो धनी महिला एलिस वाल्टन ३३.८ विलियन अमेरिकी डलर बराबरको सम्पत्तिकी मालिक हुन् । एक वर्षभित्रमा उनको सम्पत्ति १.५ विलियन अमेरिकी डलर बढेको छ । विश्वका अर्वपतिहरुको सूचिमा उनी १७औँ नम्बरमा छिन् । वाल मार्टका संस्थापक साम वाल्टनकी एकमात्र छोरी एलिसले पारिवारिक विजनेसमा सक्रिय भएर काम गरिनन्, र पनि आज उनी अमेरिकाकी सबैभन्दा धनी महिलाको रुपमा परिचित छिन् । वालमार्टमा भएको सेयरका कारण उनी यो स्थानमा पुगेकी हुन् । 

ज्याकलिन मार्स
व्यक्तिगत रुपमा परिचित नभएपनि ठूला र लोकप्रिय ब्राण्डको माध्यमबाट आफ्नो भाग्य चम्काएकी महिला हुन् ज्याकलिन मार्स । २७ विलियन अमेरिकी डलर बराबरको सम्पत्तिको मालिक उनी विश्वकी तेस्री धनी महिला हुन् । उनका हजुरबुबाले विश्वकै सबैभन्दा ठूला क्याण्डीमेकर मार्स इन्कर्पोरेसनको स्थापना गरेका थिए, जुन कम्पनीको कुल सम्पत्ति अहिले २५.२ विलियन अमेरिकी डलर बराबर छ । 

मारिया फ्रान्सो फिसोलो
मारिया फ्रान्सो फिसोलो २५.२ विलियन अमेकरि डलर बराबरको सम्पत्तिकी मालिक हुन् । उनी फोब्र्सको विश्वका मअिला अर्वपतिहरुको सूचिमा चौथो नम्बरमा परेकी छिन् । आफ्ना ससुरा र श्रीमान्को चर्चित कम्पनीका कारण उनी यस स्थानमा पर्न सफल भएकी हुन् । उनका ससुराको नुटेला कम्पनी र श्रीमान् माइकल फेरेरोको फेरेरो ग्रुपले उनलाई पनि माथि पुर्यायो । 

लरेन्स पावेल जब्स
लरेन्स पावेल जब्स स्टिभ जब्सकी विधवा हुन् । २० विलियन अमेरिकी डलर बराबरको सम्पत्ति भएकी जब्सको भाग्य एप्पल र डिज्ने कम्पनीमा भएको सेयरका कारण चम्किएको हो । उनी २०१७ मा विश्वकै पाचौँ धनी महिला बन्न सफल भएकी छिन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]