January 24th, 2018

अब ६५ वर्षमै बृद्धभत्ता

बैंकिङ खबर । अब ६५ वर्ष पुगेका व्यक्तिले वृद्धभत्ता पाउने भएका छन् । बुधबार बेलुकी बसेको मन्त्रिपरिषदको बैठकले वृद्धभत्ता वितरणका लागि नयाँ उमेर निर्धारण गरेको हो । यसअघि ७० वर्षे पुगेरपछि मात्रै बृद्धभत्ता दिने गरिएको थियो । नेपालमा बृद्धभत्ता दिने निर्णय पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले गरेका थिए । 

यस्तै सरकारले भूकम्प तथा बाढी पीडितको लागि दिने अनुदान रकम १ लाख रुपैयाँले बढाउने निर्णय  पनिगरेको छ । यसअघि भूकम्प पीडितलाई ३ लाख रुपैयाँ दिने निर्णय गरिएकोमा अब एक लाख थपेर चार लाख पुर्याइएको हो ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]