January 23rd, 2018

नेपाल बैंकर्स संघको उपाध्यक्षमा अनुकुल भटनागर

बैंकिङ खबर । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्षमा अनुकुल भटनागर नियुक्त भएका छन् । संघको मंगलबार बसेको कार्य समिति बैठकले रिक्त रहेको उपाध्यक्ष पदमा भटनागरलाई नियुक्त गरेको हो । भटनागर नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । 

ज्ञानेन्द्र ढुङ्गाना उपाध्यक्षबाट अध्यक्ष निर्वाचित भएपछि उपाध्यक्षको पद रिक्त रहेको थियो । संघमा अध्यक्ष तथा पदाधिकारीको कार्यकाल दुई बर्षको हुन्छ । उपाध्यक्षमा ढुंगागानाले एक वर्ष विताइसकेका छन् भने बाँकी एक् वर्षका लागि भटनागर नियुक्त भएका हुन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]