January 14th, 2018

लिबर्टी ईनर्जी कम्पनीले आईपिओ जारी गर्ने

लिबर्टी ईनर्जी कम्पनी लिमिटेडको आठौं बार्षिक साधारणसभा पुस ३० गते सम्पन्न भएको छ । उक्त बार्षिक साधारण सभाबाट सर्वसाधारण (स्थानीय समेत) का लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने प्रस्ताव पास गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

हाल यस कम्पनीले तीन वटा जलविद्युत आयोजना अघि बढाएको छ । कम्पनीद्वारा निर्माणधिन लमजुङ जिल्लास्थित २५ मे.वा. क्षमताको दोर्दी “ए” जलविद्युत आयोजनाको २०७५ आश्विन मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखी कार्य गरिरहेको छ । साथै कम्पनीद्वारा प्रवद्र्धित बाग्लुङ जिल्लास्थित बडीगाड खोलामा २१ मे.वा. क्षमताको बडिगाड खोला जलिविद्युत आयोजना र लमजुङ जिल्लास्थित लोदोखोलाबाट १.७३ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन कार्य आगामी १ भित्रमा सम्पन्न गर्नेगरी सर्वेक्षण कार्य अघि बढाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]