January 14th, 2018

९.१९ अंकले घट्यो सेयर बजार, ३२ करोड ८३ लाखको कारोबार

बैंकिङ खबर । आइतबार सेयर बजार ९.१९ अंकले घटेर १४३१.१० अंकमा कायम भएको छ । जलविद्युत् र अन्यबाहेक सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह ९७.७९ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, फाइनान्स, उत्पादनमूलक र लघुवित्त क्रमशः ८.८, २५.९८, २०.७९, ९.७६, ४८.५१ र २६.३ अंकले घटेका छन् । जलविद्युत् र अन्य भने क्रमशः ५५.३७ र ३.६६ अंकले बढेका छन् । 

दिनभरिमा १५२ वटा कम्पनीको छ लाख ७० हजार छ सय ४५ कित्ता सेयर चार हजार २२ पटक खरिदविक्री हुँदा ३२ करोड ८३ लाख ३२ हजार आठ सय १६ रुपैयाँको कारोबार भएको छ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, सानिमा माई हाइड्रो, स्टान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट इन्स्योरेन्स, चिलिमे हाइड्रो, नेपाल टेलिकम र बुटवल पावर कम्पनीको एक करोडमाथिको कारोबार भएको छ । नविल बैंकको ९९ लाख र एभरेष्ट बैंकको ९३ लाखको कारोबार भएको छ । 

जम्म १९ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै चिलिमे हाइड्रोका सेयरधनीले ६.९५ प्रतिशत र बुटवल पावर कम्पनीका सेयरधनीले ५.०२ प्रतिशतका दरले कमाएका छन् । कन्काई विकास बैंक, लक्ष्मी बैंक, कुबेर मर्चेन्ट फाइनान्स, रिलायबल माइक्रोफाइनान्स, विजय लघुवित्त, मञ्जुश्री फाइनान्स, नविल बैंक प्रोमोटर, पोखरा फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, सेन्ट्रल फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्सका सेयरधनीले छ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । जानकी फाइनान्स, नेशनल माइक्रोफाइनान्स, महालक्ष्मी विकास बैंक, सानिमा माई हाइड्रो, ललितपूर फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, सिन्धु विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।    


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]