Wednesday , July 18 2018

निर्धन उत्थान बैंकको १४.०४ प्रतिशत बोनस पारित, नाम पनि फेरियो

January 14, 2018

निर्धन उत्थान बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा पुस २९ गते शनिबार सम्पन्न भएको छ । काठमाडौँको नक्साल भगवतीबहाल स्थित सेलिब्रेशन बैंड्ढेट पार्टी प्यालेसमा सम्पन्न साधारणसभा बैंकका संचालक समितिका अध्यक्ष गणेश बहादुर थापाको सभापतित्वमा सम्पन्न भएको हो । साधारण सभामा अध्यक्ष थापाले आ.व. २०७३।७४ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

साधारण सभाले सामान्य प्रस्तावतर्फ आ.व. २०७३।७४ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७४ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७३।७४ को नाफा नोक्सान हिसाब, सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु, संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको मिति २०७४ आषाढ मसान्तको चुक्ता पूँजी रु. ६० करोडको १४.०४ प्रतिशतले हुन आउने रु. ८,४२,१०,५२६।– नगद लाभांश (बोनश सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस बैंकको आ.व. २०७४।७५ को लेखापरीक्षण कार्यको लागि सोही ऐनको दफा १६५ (घ) बमोजिम लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम आर पराजुली एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेण्टसलाई लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक पाँच लाख रुपैयाँ निर्धारण गरेको छ ।

विशेष प्रस्तावतर्फ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ ले ब्यवस्था गरे बमोजिम बैंकको नाम परिवर्तन गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव रहेकोमा हाल बैंकको नाम निर्धन उत्थान बैंक लिमिटेड रहेकोमा यसलाई संशोधन गरी “निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड” अंग्रेजीमा Nirdhan Utthan Microfinance Financial Institution Limited कायम गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरिएको छ । त्यसै गरी बैंकको अधिकृत पूँजी रु. १०० करोडबाट वृद्धि गरी रु. २०० करोड पुर्याउने, संचालक समितिबाट सिफारिश तथा नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृति भए बमोजिम आ.व. २०७३।७४ को मुनाफाबाट हाल कायम बैंकको चुक्ता पूँजीको ६६.६७ प्रतिशतले हुन आउने रु.४० करोड बराबरको बोनश सेयर जारी गर्ने, बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि प्रस्तावित बोनश सेयर जारी भएपश्चात पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम संशोधन गर्ने, बैंकको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने (नाम परिवर्तन, अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि गर्ने, संस्थापक समूहको सेयर स्वामित्वमा परिवर्तन गर्ने, संचालकहरुको सुविधामा वृद्धि गर्ने), बैंकको प्रवन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समिति वा समितिले तोकेको ब्यक्तिलाई पूर्ण अख्तियारी दिने आदि प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको छ । 

सो सभामा अध्यक्षको प्रतिवेदनमा टिप्पणी गर्दै सेयरधनीहरु अमृत नाथ रेग्मी, दामोदर प्रसाद रेग्मी, ईन्द्र कृष्ण श्रेष्ठ, डमरु बल्लभ घिमिरे, मनोहर कृष्ण श्रेष्ठले साधारण सभामा आफनो राय, सुझाव पेश गरेका थिए । साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तले सेयरधनीहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिनुका साथै आफनो मन्तब्य दिएका थिए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.