January 10th, 2018

दोहारो अंकले घट्यो नेप्से, सबै उपसूचक ओरालो, २२ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । केही दिनदेखि निरन्तर बढिरहेको सेयर बजार बुधबार दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार भएका सबै उपसूचक ओरालो लागेपछि नेप्से परिसूचक १५.७८ अंकको गिरावटसँगै १४४०.२९ अंकमा कायम भएको छ । 

बीमा समूह सबैभन्दा धेरै १६९.८२ अंकले घटेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः १०.८२, ०.८४, २०.२८, ११.४८, ७.९४, ०.५१, २७.८९, ७.४४ र २३.९७ अंकले घटेका छन् ।

कारोबार रकममा मंगलबारको तुलनामा गिरावट आएको छ । मंगलबार आधा अर्बको कारोबार भएको बजारमा बुधबार ३७ करोडको कारोबार भएको छ । दिनभरिमा १५७ वटा कम्पनीको १५ लाख ७४ हजार चार सय ८१ कित्ता सेयर चार हजार पाँच सय २३ पटक खरिदविक्री हुँदा ३७ करोड ४८ लाख ९५ हजार नौ सय १० रुपैयाँको कारोबार भएको छ । 

नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड ८२ लाख, एभरेष्ट बैंकको दुई करोड तथा स्टान्डर्ड चार्टर्ड बैंक, सानिमा माई हाइड्रो, नविल बैंक र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको एक करोडमाथिको सेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, नेरुडे लघुवित्त, बैंक अफ काठमाण्डू र चिलिमे हाइड्रोको क्रमशः ९९ लाख, ९७ लाख, ८९ लाख र ८७ लाख रुपैयाँको कारोबार भएको छ । 

जम्मा २२ वटा कम्पनीका सेयरधनीले आफ्नो सम्पत्ति बढाएका छन् । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सका सेयरधनीले ५.१६ प्रतिशतका दरले कमाएका छन् । कुबेर मर्चेन्ट फाइनान्स, सृजना फाइनान्स, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, एभरेष्ट बैंक सीपी, गुहेश्वरी फाइनान्स, तिनाउ विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, एनआईबिएल समृद्धि फण्ड, रिलायन्स फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशत र दिव्यश्वरी हाइड्रोका सेयरधनीले पाँच प्रतिशतका दरले गुमाएका छन् । समिट माइक्रोफाइनान्स, राष्ट्रिय बीमा कम्पनी, एनएमबि माइक्रोफाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, डिप्रोक्स डेभलपमेन्ट बैंक, प्रुडेन्सियल इन्स्योरेन्स, छिमेक लघुवित्त, सूर्या लाइफ इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]