January 9th, 2018

बैंक अफ काठमाण्डुले किन्यो काठमाडौं क्यापिटल मार्केटको सेयर

बैंक अफ काठमाण्डु लिमिटेडले काठमाडौं क्यापिटल मार्केटको दुई तिहाई प्रमोटर सेयर खरिद गरेको छ । काठमाडौं क्यापिटल मार्केट घितोपत्र बोर्डद्वारा लाइसेन्स प्राप्त मर्चेन्ट बैकिंङ्ग कम्पनी हो । बैंकको तर्फबाट काठमाडौं क्यापिटल मार्केट्सको संचालक समितिको अध्यक्षमा चेतन वर सिंह थापा तथा सदस्यहरुमा महेश मिश्र र दीपक गौतम मनोनित भएका छन् । यस सेयर खरिद पश्चात बैंकले उक्त कम्पनी मार्फत मर्चेन्ट बैकिंङ्ग सम्बन्धी सुविधाहरु प्रदान गर्ने सक्नेछ । 

बैंकले आर्थिक वर्षको २०७४/७५ को प्रथम त्रैमासिकको अन्त्यमा कुल निक्षेप रु.६९.१५ अर्ब तथा कुल कर्जा रु.६२.३३ अर्ब रहेको छ  । बैंक अफ काठमाण्डुले हाल ७५ शाखा, ६७ एटीम, ८ एक्सटेन्सन काउन्टर तथा १७ शाखारहित बिन्दुहरुबाट सम्पुर्ण बैकिंङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]