January 9th, 2018

दोहोरो अंकले बढ्यो सेयर बजार, आधा अर्बको कारोबार

बैंकिङ खबर । मंगलबार सेयर बजार १२.२७ अंकले बढेर १४५६.०७ अंकमा पुगेको छ । उत्पादनमूलकबाहेक सबै उपसूचक बढेका छन् । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, अन्य र लघुवित्त क्रमशः १२.९६, १.२६, ६०.२, १४.३७, ५.८७, ०.६४, ३४.२८, ४.९६ र १७.९५ अंकले बढेका छन् भने उत्पादनमूलक समूह ३.११ अंकले घटेको छ । 

दिनभरिमा १५८ वटा कम्पनीको नौ लाख १५ हजार चार सय २६ कित्ता सेयर चार हजार पाँच सय ३२ पटक खरिदविक्री हुँदा ५० करोड १७ लाख ७० हजार पाँच सय नौ रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको छ करोड, सानिमा माइ हाइड्रोको साढे पाँच करोड तथा एभरेष्ट बैंकको दुई करोडमाथिको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक, बुटवल पावर कम्पनी, बुटवल पावर कम्पनी प्रोमोटर, फस्र्ट माइक्रोफाइनान्स प्रोमोटर, नेपाल टेलिकम, सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतके एक करोडमाथिको कारोबार भएको छ । 

बेष्ट फाइनान्स, दिव्यश्वरी हाइड्रो र मिसन डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ६.११, ५.९६ र ५.१७ प्रतिशतका दरले कमाएका छन् । नविल ब्यालेन्स फण्ड, एभरेष्ट बैंक, गुडविल फाइनान्स, सोल्टी होटल, नेशनल माइक्रोफाइनान्स, जनता बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले ९.९८ प्रतिशतका दरले गुमाएका छन् भने प्रिमियर इन्स्योरेन्स र फस्र्ट माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ५.६६ र ५.२६ प्रतिशतका दरले गुमाएका छन् । एभरेष्ट बैंक सीपी, मिथिला लघुवित्त, गोर्खाज फाइनान्स, जलविद्युत् लगानी तथा विकास कोष, पोखरा फाइनान्स, एशियन लाइफ इन्स्योरेन्स, महिला सहयात्रा माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]