January 9th, 2018

प्रिमियर इन्स्योरेन्सले गर्यो बोनस प्रस्ताव, एफपिओले पाउने कि नपाउने ?

बैंकिङ खबर । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीले १३.५२ प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले एफपिओ पाउने लगानीकर्ताले समेत पाउने गरी १३.५२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको हो । 

कम्पनीले कर प्रयोजनका लागि ३६ लाख ५९ हजार रुपैयाँ नगद लाभांश पनि दिनेछ । एफपिओ निष्कासनपश्चात्, प्रिमियर इन्स्योरेन्सको चुक्ता पूँजी ५१ करोड ४४ लाख रुपैयाँ पुगेको छ । बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्तापुँजी ५८ करोड ३९ लाख रुपैयाँ पुग्नेछ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]