January 9th, 2018

शीतलहर प्रभावितलाई स्वदेशी लघुवित्तको सहयोग (फोटोफिचर)

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले शीतलहरबाट प्रभावित विपन्न परिवारलाई सहयोग गरेको छ । गढी गाँउपालिका अन्र्तगत औराबनी, सुनसरीमा शीतलहरबाट प्रभावित ऋषिदेब जातिका बिपन्न परिवारलाई संस्थाले शितलहर र जाडोवाट बच्नका लागि प्रतिपरिवार एक थानका दरले कम्मल लगायतका सामग्री वितरण गरेको हो । 

लघुवित्तले सामाजिक दायित्व तथा मानवीय सहयोग स्वरुप भीजी फाउन्डेसन र स्वदेशी लघुवित्त वित्तीय संस्थाको सौजन्यमा प्रति परिवार १ थानका दरले कम्मल लगायतका सामग्री वितरण गरेको हो । संस्थाका सहायक महाप्रबन्धक राजेन्द्र प्रसाद न्यौपानेको प्रमुख उपस्थितिमा उक्त सहयोग वितरण गरिएको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]