January 8th, 2018

स्मार्ट बन्यो सिटिजन्स बैंकको मोबाइल बैंकिङ सेवा 

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो पूरानो मोबाइल बैंकिङ सेवा स्तरोन्नति गरी नयाँ प्रविधिमा आधारित मोबाइल बैंकिङ सेवा सिटिजन्स स्मार्ट बैंकिङ सुरु गरेको छ । यस सेवाबाट कारोबार गर्दा अझ सुरक्षित हुने बताइएको छ । विश्वको जुनसुकै कुनाबाट जीपीआरएस वा वाईफाईमार्फत यो सेवा प्रयोग गर्न सकिनेछ । यो सेवाको प्रयोगबाट रिचार्ज कार्ड, विजुली, टेलिफोन, एडिएसएल आदिको रकम भुक्तानी गर्न, यस बैंकभित्रको खाताबाट यसै बैंकको अर्को खातामा वा कुनै अर्को बैंक(४० वटा विभिन्न बैंक, विकास बैंक र वित्त कम्पनी) को खातामा रकम ट्रान्सफर गर्न, स्कुल, कलेज आदिको शूल्क तिर्न र क्रेडिट कार्डको रकम भुक्तान गर्न समेत सकिन्छ । हाल एन्रोइड मोबाइल प्रयोगकर्ताका लागि प्ले स्टोरमा सिटिजन्स स्मार्ट बैंकिङ एप उपलब्ध रहेको छ । आईफोन प्रायेगकर्ताका लागि छिटै नै यो एपको व्यवस्था गरिने बैंकले जानकारी दिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]