January 8th, 2018

एनआईसी एशिया बैंकद्धारा दुई नयाँ शाखाको औपचारिक उद्घाटन

एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरुको औपचारिक उद्घाटन गरिएको छ । कमलामाई नगरपालिका वडा नं. ०६, सिन्धुलीमाडी, सिन्धुली  र बेसीशहर नगरपालिका वडा नं ०७, बेसीशहर, लम्जुङ्गमा पौष २३ गते एक समारोहका बिच नयाँ शाखाहरुको औपचारिक रुपमा समुद्घाटन गरिएको हो । सिन्धुली जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बिनेश कुमार श्रेष्ठले सिन्धुली शाखाको र लम्जुङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाले बेसीशहर शाखाको उद्घाटन गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १५६ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]