January 4th, 2018

गण्डकी विकास बैंक रुपन्देहीको कञ्चन गाउँपालीकामा

गण्डकी विकास बैक लिमिटेडले रुपन्देही जिल्ला स्थित कञ्चन गाउँपालिकामा आफ्नो ५३ औ शाखा कार्यालयबाट कारोवार शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंकको नीति अनुरुप वित्तीय पहुँच नपुगेका गाउँपालिका क्षेत्रहरुमा शाखा कार्यालय खोली सर्वसाधारणलाई वित्तीय सेवा प्रदान गर्न निर्देशन भए अनुसार गण्डकी विकास बैंक लिमिटेडले उक्त स्थानमा शाखा कार्यालय खोली वित्तीय कारोवार शुभारम्भ गरेको हो । कञ्चन गाउँपालिका बासीन्दाले बैकबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा अन्य प्रविधिमा आधारित सेवाहरु, मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवा सहितको पूर्ण बैँकिङ्ग सेवा निर्वाध रुपमा उपभोग गर्न पाउने छन् ।


गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७४/७५ को प्रथम त्रैमासमा निक्षेप रु. १९ अर्ब ३४ करोड पु¥याएको छ भने कर्जातर्फ रु.१६ अर्ब ५५ करोड पु¥याएको छ । वैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५३ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजना, आधुनिक बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा समेत प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ । साथै नेपाल राष्ट्र बैंकबाट स्वीकृती भई सकेको हुँदा बैंकको निकट भविश्यमा धनगढी, नेपालगञ्ज, घोराही, तानसेन, पोखराको रत्नचोक, चितवनको पर्सा, हेटौडा तथा नयाँ बानेश्वर काठमाडौंमा समेत नयाँ शाखा कार्यालय खोल्ने तयारी रहेको बैंकले बताएको छ ।  । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]