December 31st, 2017

प्रुडेन्सियल इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद सेयर खुल्यो

बैंकिङ खबर । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । माघ २१ गतेसम्म खुला रहने सेयरमा मंसिर १४ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

कम्पनीले एक सय रूपैयाँ अंकित दरमा १२ करोड ८३ लाख रुपैयाँ बराबरको  १२ लाख ८३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद निष्काशनका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

हकप्रदमा आस्वा सदस्यमा सहभागि रहेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।
साथै सेयरधनीले विक्री प्रबन्धकको कार्यालय बबरमहल, र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयबाट हकप्रदमा आवेदन गर्न सकिनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रहेको छ । ३० प्रतिशत हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५९ लाख ८४ हजार रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]