December 31st, 2017

प्रिमियर इन्स्योरेन्सको एफपिओ खुल्यो, १९ गतेसम्म आवेदन दिन पाइने

बैंकिङ खबर । प्रिमियर इन्स्योरेन्स लिमिटेडले आजदेखि साढे छ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) को बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थपगरी प्रतिकित्ता ७९९ रुपैयाँका दरले छ लाख ५९ हजार पाँच सय ६५ कित्ता सेयर निष्काशनगरेको हो ।

कम्पनीको एफपीओमा पुस १६ गतेदेखि पुस १९ गतेसम्म आवेदन गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम दश किता अर्थात ७ हजार ९९० रुपैयाँदेखि अधिकत्म ३ हजार २९० किता अर्थात २६ लाख २८ हजार ७१० रुपैयाँ बराबरको आवेदन दिन पाउनेछन् ।

इन्स्योरेन्सको एफपीओ निष्काशनकर्ता एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले आफ्नो खाता रहेको आश्वा सेवा प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउनेछन् ।

अहिले इन्स्योरेन्सको चुक्ता पूँजी ४४ करोड ८५ लाख ४ हजार रुपैयाँ रहेको छ । एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ । एफपीओ बिक्रीपछी इन्स्योरेन्सको चुक्ता पूँजी ६ करोड ५९ लाख ५६ हजार रुपैयाँले बढ्नेछ । त्यस्तै उसको जगेडाकोषमा ४६ करोड १० लाख रुपैयाँ जम्मा हुनेछ ।

इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न उक्त परिमाणको एफपीओ बिक्री गर्न लागेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]