December 28th, 2017

दुई नम्बर प्रदेशमा सुबिसुको ‘फाइबर टु दि होम’, प्राधिकरणले दियो स्वीकृति

नेपालभरका घरघरमा ब्रोड ब्याण्डको पुर्वाधार बिकास गर्नका लागि नेपाल सरकार तथा नेपाल दुर संचार प्राधिकरणले देशमा संचालित टेलिकम अपरेटर्स तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग सहकार्य गरेको छ । यसै सन्दर्भमा सुबिसु केबलनेट प्रा.लि.लाई प्रदेश २ को आठ वटा जिल्लाहरुमा FTTH(फाइबर टु दि होम) नेटवर्कको पुर्वाधार विकाश गर्नको लागि नेपाल दुरसंचार प्राधिकरणले स्विकृती प्रदान गरेको छ । आफ्नो नेटवर्कलाई सुदिृढ गर्न तथा ग्राहकहरुलाई गुणस्तरीय सेवाप्रदानगर्नको लागि सुबिसु केबलनेट प्रा.लि.ले नोकियासँग गुणस्तरीय प्रोडक्टको लागि हातेमालो गरेको छ ।

सुबिसुले ग्राहकहरुलाई उच्चस्तरीय सपोर्ट सर्भिससँगै राम्रो, सुदृढ र गुणस्तरीय सेवा उपलब्ध गराउनका लागि तुरुन्तै २.५ जिपिएस गतिको इन्टरनेट र भविष्यमा १० जिपिएस गतिको इन्टरनेट सेवा प्रदान गर्ने मुख्य उद्देश्य राखेकोे छ । 

सुबिसु केबलनेट प्रा.लि.नेपालको एउटा अग्रणी इन्टरनेट÷डिजिटल टेलिकम सेवा प्रदान गर्ने प्रदायक भएको हुँदा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि देशभरी नै अप्टिकल फाइबर नेटवर्क विस्तार गरीरहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]