December 25th, 2017

‘वित्तीय चेतनाबिना सम्भव छैन समृद्धि’

माधव निर्दोष मिडिया इन्टरनेसनलका अध्यक्ष एवं वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक हुन् । नेपाल राष्ट्र बैंकको मूख्य प्रवद्र्धन तथा बैंकर्स संघ, विकास बैंकर्स संघ र माइक्रोफाइनान्स बैंकर्स संघको सहकार्यमा गत वर्षदेखि मिडिया इन्टरनेसनलले देशव्यापी रुपमा वित्तीय जागरण राष्ट्रिय अभियान सञ्चालन गरिरहेको छ । मुलुकमा वित्तीय साक्षरताको कमीका कारण पनि बैंकिङ पहुँचमा नागरिक पुग्न नसकेको सन्दर्भलाई मनन गर्दै राष्ट्र बैंकले मौद्रिक नीतिमा नै समावेश गरी चलाएको वित्तीय साक्षरता अभियानलाई सार्थकता दिन गत आर्थिक वर्षमा लुम्बिनीको रुद्रपुरबाट राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले उद्घाटन गरी अभियानको शुभारम्भ भएको थियो । सोहि अभियान अन्तर्गत प्रदेश नम्बर ७ को कैलाली, प्रदेश नम्बर ४ को म्याग्दी, प्रदेश नम्बर ३ को धादिङ र काभ्रेपलाञ्चोक लगायतमा वित्तीय जागरण कार्यक्रम सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्षमा पनि मुलुका विभिन्न ठाउँमा यस अभियानलाई लैजाने तयारी मिडिया इन्टरनेसनलले गरिरहेको छ । प्रस्तुत छ, यसै सन्दर्भमा अभियानका संयोजक निर्दोषसँग मध्यान्ह राष्ट्रिय दैनिकका रोयल आचार्यले गरेंको कुराकानीको सम्पादित अंशः

वित्तीय जागरण राष्ट्रिय अभियानले अहिले के गर्दैछ ?
मुलतः नेपालमा वित्तीय साक्षरताको अवस्था अत्यन्तै न्युन रहेको पाइयो । वित्तीय साक्षरता बढाउने उद्देश्यले गत वर्ष लुम्बिनीको रुद्रपुरबाट ‘वित्तीय जागरण राष्ट्रिय अभियान’ को शुभारम्भ गरेंी यसलाई देशका विभिन्न ठाउँमा सञ्चालन ग¥र्यौ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख भए अनुसार ‘सामाजिक सुरक्षा भत्ता बैंक खाता मार्फत, हरेक नेपालीको बैंक खाता’ भन्ने नारालाई सार्थकता दिनका लागि नेपाल बैंकर्स संघ, विकास बैंकर्स संघ र माइक्रोफाइनान्स बैंकर्स संघको सहकार्यमा राष्ट्र बैंक मूख्य प्रवद्र्धन रहने गरी मिडिया इन्टरनेसनलको संयोजनमा अभियान शुरु गरेंका हौं । हामीले गत आर्थिक वर्ष मुलुका ५ ठाउँहरुमा वित्तीय साक्षरताको कार्यक्रम तथा गत वैशाख १५, १६ र १७ गते काठमाडौंको भृकुटीमण्डपमा बैंकिङ एक्स्पो सम्पन्न ग¥यौं । अब हामीले चालु आर्थिक वर्षमा १० ठाउँमा वित्तीय साक्षरताको कार्यक्रम र  ३ ठाउँमा बैंकिङ एक्स्पो सञ्चालन गर्दैछौ । अभियान अन्तर्गत यहि पुस १४, १५ र १६ गते प्रदेश नम्बर एकको इटहरीमा बैंकिङ एक्स्पो आयोजना गर्दैछौं । अहिले एक्सपोको तयारी तीब्र रुपमा भइरहेको छ ।

बैंकिङ एक्स्पो आयोजनाका लागि इटहरी नै किन रोज्नु भयो ?
इटहरी पूर्वको केन्द्र भएकाले सबैतिरका व्यक्ति आउजाउ गर्न सहज हुने र धेरै वित्तीय संस्थाले इटहरीलाई नै प्रदेश १को केन्द्र बनाएर काम गरेंको देखियो । यसका लागि सबैखाले नयाँ कार्यक्रम इटहरीमा भित्रिनुु आवश्यक ठानेर एक्स्पो आयोजना गर्न लागेका हौ ।

पत्रकारिता क्षेत्रमा सक्रिय तपाई, यो अभियानमा चाहिं कसरी लाग्नु भयो ?
पत्रकारितामा लागेको करिब दशक अवधिसम्म म मुलुकको संसदीय राजनीतिक रिपोर्टिङमा लागे । दशकको अवधि सम्म मैले विभिन्न सञ्चार माध्यमहरुमा काम गरें । कान्तिपुर पव्लिकेशनको नेपाल म्यागजिनमा साढे तिन वर्ष, रेडियो राजधानीको स्टेशन म्यानेजरको रुपमा पनि ३ वर्ष त्यस्तै म्युजिक नेपालमा पनि मैले कार्यक्रम संयोजकको रुपमा झण्डै ३ वर्ष काम गरें । मैले विभिन्न मिडियाहरुमा काम गरेंको अनुभव पछि अर्थतन्त्र सम्बन्धी सूचना मान्छेले किन पाएनन्, धेरै युवाहरु रोजगारीका लागि विदेशिन बाध्य किन भए ? भन्ने कुराहरु खोज्दै जाँदा आर्थिक सूचना सम्प्रेषण नभएको, नेपालमा युवाहरुले सम्भावना नदेखेको, नेपालको राजनीति अस्थिरताले जगटिएको, ७ सालदेखि राजनीति शुरु भएपछि, १७ साल, ३६ साल, ४६ साल, २०६२÷६३ सालको जनआन्दोलन हुँदै गणतन्त्र र संघीय संरचना निर्माण भइसक्दा सम्म पनि आम नागरिकको जिवन स्तर जस्ताको तस्तै देखियो । मुलुकमा गणतन्त्र आयो रे, मान्छे सम्पन्न भयो रे भनियता पनि यसले जनताको अगेनोमा आँगो बलेको देखिएन । युवाहरु विदेश पलायन हुने क्रम जारी नै रह्यो । यसकारणले आर्थिक क्षेत्रको सुधारका लागि आफ्नो आर्थिक स्तर आफै परिवर्नत गर्ने हो राज्यले गर्दैन, राजनीतिक पार्टीको भर पर्नु हुँदैन, नेपालमै सम्भावना छन् भन्ने कुरालाई उजागरें गर्नका लागि मेरै नेतृत्वमा मिडिया इन्टरनेसनलको शुभारम्भ भएको थियो । मिडिया इन्टरनेसनललाई अगाडी बढाउने क्रममा सर्वसाधारणमा वित्तीय चेतना कमी देखियो । मुलुकमा वित्तीय चेतनाको निराकरण गर्ने उद्देश्य सहित वित्तीय जागरण अभियान शुरु गरियो ।

अझै पनि ग्रामिण भेगका धेरै युवा शक्ति वित्तीय पहुँच बाहिर रहेको तथ्यांक छ, तपाईहरुको अभियानले युवा पुस्ताका लागि कस्तो सहयोग गर्छ ?
हाम्रो मूल लक्ष्य नै युवालाई फोकस गर्ने हो । व्यवस्थापन पढेका युवा विदेश किन गइरहेका छन् ! समस्या कहाँ छ, हामी त्यो बुझाउन चाहन्छौं । विकल्प नभएका त विदेश गए । तर, मेनेजमेन्टबारे ज्ञान भएका युवा किन पलायन हुन्छन् ? हामी कारण पत्ता लगाएर लगानीको वातावरण बनाउन चाहन्छौं । मान्छे त्यसै गरिब भएको होइन, पैसाको स्रोत पत्ता नलगाएर गरिब बनेको हो । हामी स्रोत पत्ता लगाइदिने अभियानमा छौं । हाम्रो अभियानले युवा पुस्तालाई ठूलो सहयोग पुग्ने अपेक्षा छ ।

नेपालमा वित्तीय चेतनाको अवस्था कहाँनेर छ ?
नेपालमा वित्तीय चेतना अत्यन्तै न्युन छ । हामीले काठमाडौंमा बैंकिङ एक्स्पो सञ्चालन गर्दा हामीलाई थाहाँ भयो सर्वसाधारणले सहकारीबाट कर्जा लिएका रहेछन्, ३६ प्रतिशतको व्याजदरमा कर्जा लिएका रहेछन् । बैंकमा यति धेरै महंगो व्याजदर छैन । मुलुकको राजधानीमा नै यस्तो अवस्था छ भने बाहिर कस्तो होला ? नेपालको वित्तीय पहुँचको कुरा गर्ने हो भने, पुराना पुस्ता, नयाँ पुस्ता जो वित्तीय साक्षरताको पहुँच भित्र छन् उनीहरुकै समेत बैंक खाता छैन ।

अधिकांशमा आज कमाएको आजै सक्ने प्रवृति छ । मजदुरले एक दिन काम गरेंर १ हजार कमाउछन तर आजै सक्छन । उनीहरुलाई बचत गर्नु पर्छ भन्ने चेतना छैन । राष्ट्र बैंकको वित्तीय नीति र तथ्यांकलाई आधार मान्ने हो भने पनि अहिलेको अवस्थामा पनि नेपालका ५० प्रतिशत जनता वित्तीय पहुँच भन्दा बाहिर छन् । ६० प्रतिशतको खाता छैन भनिन्थ्यो अहिले त्यो घटेको छ । अहिले करिब ५० प्रतिशत नागरिक बैंकिङ पहुँच बाहिर छन् ।

इटहरीमा हुने बैंकिङ एक्सपोको उपलब्धी के हुन सक्छ ?
हामीले तत्कालको फाइदा मात्र हेरेका छैनौं । वित्तीय पहुँच बढोस् भन्ने हाम्रो ध्यान हो । जस्तोसुकै व्यक्तिले पनि परिवर्तनको अनुभूत गर्न सकोस् भन्ने सोचेका छौं । एक्स्पोमा जाने जो कोहीलाइ केही न केही गर्ने उत्साह पक्कै आउनेछ । इटहरीमा धेरैको सहयोग र सकारात्मक सुुझावले उत्साहित भएका छौं ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]