December 24th, 2017

४.४७ अंकले घट्यो सेयर बजार, झन्डै ५६ करोडको कारोबार

बैंकिङ खबर । आइतबार सेयर बजार ४.४७ अंकले घटेर १४६७.६८ अंकमा कायम भएको छ । फाइनान्सबाहेक सबै उपसूचक घटेका छन् । बीमा समूह सबैभन्दा धेरै २५.११ अंकले घटेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, उत्पादनमूलक, अन्य र लघुवित्त क्रमशः २.१३, २.७१, ७.८४, ३.४२, ३.९१, १३.१२, ८.१ र ३.३५ अंकले घटेका छन् । फाइनान्स भने ०.३४ अंकले बढेको छ । 

अघिल्लो दिनको तुलनामा थोरै भएपनि कारोबारमा सुधार आएको छ । दिनभरिमा १६१ वटा कम्पनीको १४ लाख ५७ हजार चार सय २० कित्ता सेयर छ हजार ६४ पटक खरिदविक्री हुँदा ५५ करोड ९५ लाख ८२ हजार आठ सय ४० रुपैयाँको कारोबार भएको छ । 

स्टान्डर्ड चार्टर्ड बैंकको आठ करोड ४५ लाख रुपैयाँ तथा जनता बैंक, नेपाल लाइफ इन्स्योरेन्स, प्रभु बैंक प्रोमोटर, नेपाल टेलिकम र एभरेष्ट बैंकको दुई करोडमाथिको कारोबार भएको छ । हिमालयन बैंक, निर्धन उत्थान बैंक र प्रभु बैंकको एक करोडमाथिको कारोबार भएको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

ग्रीन डेभलपमेन्ट बैंक र महुली सामुदायिक लघुवित्तका सेयरधनीले क्रमशः ९.८९ र ९.१८ प्रतिशतका दरले कमाएका छन् । कन्काई विकास बैंक, युनाइटेड फाइनान्स, तारागाउँ रिजेन्सी, बरुण हाइड्रो, एनआईबिएल समृद्धि फण्ड, श्री इन्भेष्टमेन्ट फाइनान्स, हिमालयन डिस्टीलरी, रिलायबल माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, सिन्धु विकास बैंक, सहयोगी विकास बैंक, छ्याङ्दी हाइड्रो र वल्र्ड मर्चेन्ट बैंकिङका सेयरधनीले क्रमशः ९.८९, ८.९८, ६.५२ र ५.१४ प्रतिशतका दरले गुमाएका छन् । सप्तकोसी डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, लक्ष्मी भ्यालु फण्ड, बेष्ट फाइनान्स, कामना सेवा विकास बैंक, पोखरा फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]