December 20th, 2017

बुधबार पनि घट्यो सेयर बजार, कारोबारमा पनि गिरावट

बैंकिङ खबर । बुधबार पनि सेयर बजार ९.२९ अंकले घटेर १४८४.४७ अंकमा कायम भएको छ । सबै उपसूचक राताम्मे भएका छन् । बीमा समूह सबैभन्दा धेरै ४३.४९ अंकले घटेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुवित्त क्रमशः ६.६१, ०.१८, ६.९, २६.६६, १.१४, ३५.८१, १०.९८ र ७.६२ अंकले घटेका छन् ।

कारोबार रकम मंगलबारको तुलनामा घटेको छ । दिनभरिमा १५५ वटा कम्पनीको नौ लाख ८३ हजार एक सय आठ कित्ता सेयर चार हजार तीन सय ९१ पटक खरिदविक्री हुँदा ४२ करोड ४३ लाख ७० हजार तीन सय ९३ रुपैयाँको कारोबार भएको छ । मंगलबार झन्डै ६० करोडको सेयर कारोबार भएको थियो । 

नेपाल टेलिकमको चार करोड तथा स्टान्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंकको दुई करोडमाथिको सेयर कारोबार भएको छ । जनता बैंक, बैंक अफ काठमाण्डू, गरिमा विकास बैंक प्रोमोटर, चिलिमे हाइड्रो, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, एलआईसी नेपाल लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ । 

सिन्धु विकास बैंक र प्रिमियर इन्स्योरेन्सका सेयरधनीले क्रमशः ६.७१ र ५.८६ प्रतिशतका दरले कमाएका छन् । अरुण फाइनान्स, महुली सामुदायिक लघुवित्त, कालिका माइक्रोक्रेडिट, सिनर्जी पावर, खानीखोला हाइड्रो, एनआईबिएल समृद्धि फण्ड, स्वाबलम्बन विकास बैंक, कुबेर मर्चेन्ट फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, हिमालयन डिस्टीलरीका सेयरधनीले ७.५५ प्रतिशतका दरले गुमाएका छन् । हाम्रो विकास बैंक्, नेशनल माइक्रोफाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, ङादी ग्रुप पावर, ग्रीन डेभलपमेन्ट बैंक, प्राइम बैंक, कैलाश विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]