December 17th, 2017

आरविवि मर्चेन्ट बैंकिङको सीईओमा डा.रमेश कुमार भण्डारी नियुक्त

नेपाल सरकारको पूर्ण स्वामित्वमा संचालित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एक मात्र सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा चार बर्षका लागि डा. रमेश कुमार भण्डारी नियुक्त भएका  छन् । डा. भण्डारीले पुँजी बजारको लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी विषयमा विद्यावारिधि गरेका छन् । उनले यसअघि राष्ट्रिय योजना आयोगको सार्वजनिक तथा निजी साझेदारी परियोजनामा परामर्शदाता तथा ग्रोमोर क्यापिटल मार्केट लिमिटेडमा नायब महाप्रवन्धकको रुपमा कार्य गरिसकेका छन् । 

आईतबार भएको पदभार समारोहमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडका संचालकहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, देवेन्द्ररमण खनाल, निवर्तमान प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझी, राष्ट्रिय वाणिज्य बैंक आन्तरीक लेखापरीक्षण विभागका उपप्रमुख रणबहादुर चन्द्र, शाखा कार्यालय टेकुका प्रवन्धक पुष्पचन्द थापा लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

२०७४ साउन २९ गतेबाट कारोबार सुरु गरेको आरविवि मर्चेन्ट बैकिङको हाल चुक्ता पूंजी रु.१० करोड रहेको छ । हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ सेवा राष्ट्रिय वाणिज्य बैंकको ६९ जिल्लामा रहेका १७९ वटा शाखा कार्यालयबाट पनि आरविवि मर्चेन्ट बैंकिङको सेवा लिन सकिने छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]