December 15th, 2017

उन्नति माइक्रोफाइनान्सको आईपिओ दुई महिनाभित्रमा आउने

बैंकिङ खबर । एक लाख ६५ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्नका लागि उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका एक करोड ६५ लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि जारी गर्ने अनुमति पाएको हो ।

अधिकृत पुँजी आठ करोड ८० लाख रहेको उन्नतिको चुक्ता पुँजी अहिले तीन करोड ८५ लाख रुपैयाँ रहेको छ । उक्त आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी पाँच करोड ५० लाख रुपैयाँ पुग्नेछ ।  

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । अबको दुई महिनाभित्रमा आईपिओ निष्काशन गरिसक्ने कम्पनीको योजना छ ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नतिले लुम्बिनी अञ्चलका पाँच जिल्ला रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित प्युठान, मनाङ, मुस्ताङ, पर्वत लगायत दश जिल्लामा वित्तीय सेवा दिँदै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]