December 15th, 2017

हिमालयन बैंकद्धारा सामुदायिक स्वास्थ्य सेवा परिषदलाई सहयोग

आफ्नो २५ औ बार्षिकोत्सवको अवसर पारेर हिमालयन बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं १५, डल्लु स्थित “सामुदायिक स्वास्थ्य सेवा परिषद” लाई सहयोग प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सहयोग स्वरुप उक्त स्वास्थ्य सेवा परिषदलाई आठ हजार थान ओ. पि. डि. टिकट बुक छपाई गरि प्रदान गरेको छ । 

वि.सं. २०५५ मा स्थापित उक्त स्वास्थ्य सेवा परिषद सो क्षेत्रकै प्रतिष्ठित सामुदायिक अस्पताल हो । अस्पतालले विशेषतः आँखा, बाल स्वास्थ्य, हाड जोर्नी तथा नशा, नाक, कान तथा घाँटी, प्रसूति तथा स्त्रीरोग, दन्त, छाला तथा यौन रोग आदी सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । विभिन्न सरकारी, गैर सरकारीदाताहरु तथा स्थानिय बासिन्दाहरुको सहयोगमा संचालित यस सामुदायिक अस्पातलमा अन्य विभिन्न स्वास्थ्य सम्बन्धि सेवाहरु संचालन गरिरहेको छ ।  

बैंकका तर्फवाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्रीहरु परिषदका अध्यक्ष हरि गोपाल श्रेष्ठलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]