December 13th, 2017

आइभुमीका ६ वटा मोडेल नेपाली बजारमा, छ हजारमा गुणस्तरीय स्मार्ट फोन

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो पाइला राखेको छ । नेपालको प्रसिद्ध व्यापारिक घराना शंकर ग्रुपअन्तर्गतको प्राइड इम्पोर्ट एक्सपोर्ट टे«ड प्राइभेट लिमिटेडले उक्त आइभुमि मोबाइल नेपाली बजारमा भित्र्याएको हो । 

आफ्नो मुख्य उद्देश्य नै “हाइभ्यालु प्रडक्ट” बताउने आइभुमी मोबाइलमा उच्च गुणस्तर तथा नविन प्रविधि प्रयोग गरिएको छ । आइभुमी मोबाइल, आइभी ५०५, आइभी स्मार्ट फोर जी, मि १, मि २, मि ४ र मि ५ सहितका ६ मोडलका स्मार्ट फोन लिएर नेपाली बजारमा प्रवेश गरेको छ । उक्त स्मार्ट फोनहरु पाँच हजार नौ सय ९९ रुपैयाँ देखिका प्रतिस्पर्धात्मक मुल्यबाट शुरु हुने समुहले जनाएको छ । 

हाल नेपालमा बढ्दै गएको फोर जी स्मार्ट फोन प्रयोगकर्ताहरु माझमा आइभुमी सशक्त रुपमा प्रस्तुत हुने दावी वितरकको रहेको छ । नयाँ सहकार्यबारे कुरा गर्दै प्राइड इम्पोर्ट एक्सपोर्ट ट्रेड प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक राजेश जाटिया भन्छन् “हाल शंकर ग्रुपअन्तर्गत ३०० भन्दा बढी वितरक र एक लाखभन्दा बढि बिक्रि केन्द्रहरु रहेका छन् । नविन प्रविधि तथा प्रतिस्पर्धात्मक मुल्य रहेको आइभुमी र बजार अनुभवी समुहबिचको सहकार्यले नेपालमा सशक्त उपस्थिति जनाउने छ ।” आफ्नो उत्पादनहरुलाई “पावर्ड बाइ भ्यालु” बताउने आइभुमी, प्रतिस्पर्धात्मक मुल्यको स्मार्ट फोनहरु नविन प्रविधि फोर जीसहित नेपाली ग्राहकहरुको आवश्यकता पुरा गर्ने वितरकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]