December 13th, 2017

बीमा गर्दा ध्यानदिनुपर्ने कुराहरु

बैंकिङ खबर / सबैभन्दा पहिला बीमा गर्ने सम्पत्तिमा पर्ने सक्ने जोखिमहरु निश्चित गर्नुपर्छ । सोहीअनुसार बिमा गरिनुपर्छ । सम्पत्तिको उचित मूल्यांकन गर्नुपर्छ । बीमा गर्दा अर्काको करकापमा गर्नुहुँदैन । बीमा गरेपछि आफूले गरेको बीमालेखको राम्रोसँग अध्ययन गर्नुपर्छ । बीमाले कुनकुन जोखिमको रक्षावरण गर्ने हो, त्यसबारेमा जानकार हुनुपर्छ ।

निर्जीवन बीमा खरिद गर्नुपूर्व ध्यान पुर्याउनुपर्ने कुराहरू बुँदागत रुपमा यहाँ प्रस्तुत गरिन्छ :

  • किन र केका लागि बीमा योजना खरिद गर्न लागिएको हो भन्नेबारेमा आफू प्रस्ट हुनुपर्छ ।
  • सबैलाई एकै खाले योजना नसुहाउने भएकाले आफूलाई कुनचाहिँ योजना ठीक छ भनी जानकारी हासिल गर्नुपर्छ । 
  • कसैको बहकाउमा नआई आफ्नो आवश्यकताअनुुसारको बिमा योजना खरिद गर्नुपर्छ । 
  • घर तथा सवारीसाधनको बीमा गर्दा आफ्नो लागत केकस्तो छ भन्ने ध्यानमा राखेर सही योजना छनोट गर्नुपर्छ । 
  • बीमा योजना खरिद गर्दा एकैचोटि भारी योजनातिर लाग्नु हुँदैन । 
  • आफूले खरिद गर्न लागेको बीमा योजनाले आफ्नो साधन वा घरको सम्पूर्ण जोखिमलाई ओगट्छ कि ओगट्दैन भन्नेबारे ध्यान पुर्याउनुपर्छ । 
  • कुनै पनि बीमा योजना खरिद गर्नुपहिले आफ्नो व्यापार वा बीमा गरिने साधनमा के–कस्ता समस्या तथा अप्ठ्यारा आउन सक्छन्, ती बारे पूर्ण अध्ययन गर्नुपर्छ ।

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]