December 7th, 2017

प्लिज सहकारीलाई फाइनान्स नभन्नुस् ! (हेर्नुस् फाइनान्स र सहकारीका फरक पक्षहरु)

बैंकिङ खबर / मानिसहरुमा फाइनान्स कम्पनी र सहकारी संस्था एउटै हुन् भन्ने भ्रम रहेको छ । कतिपय सहकारीका कर्मचारीहरुले आफूहरु फाइनान्समा काम गर्ने भन्ने गरेको सुनिन्छ । यद्यपि, सहकारी संस्था र फाइनान्स कम्पनीहरु एउटै हैनन् । यीनीहरुको काम, कर्तव्य, अधिकार, उद्देश्य, नियामक निकाय लगायत धेरै पक्षहरु एकअर्कासँग फरक छन् । 

सहकारी के हो ? 
सह–कार्य अर्थात सहकारीताले  आपसमा मिलेर काम गरौं भन्ने भावना जगाउँछ । ’एकका लागि सबै र सबैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भइ व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समून्नतिको लागि गरिने एकतबाद्ध प्रयास नै सहकारी हो । समाजशास्त्रीको नजरमा सहकारिता सामाजिक उत्पिडनबाट मुक्ति प्राप्त गर्ने साधन हो भने प्राविधिक रुपमा यसलाई एउटा व्याबसायिक कौशलको रुपमा लिइएको छ । सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हर्टाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । थोपा थोपा मिलेर समुन्द्र बन्छ भनेझैं सहकारीको माध्यमबाट समान उद्देश्य भएका व्यक्तिहरुको संगठित समूह गठन गरी थोरै(थोरै बचत संकलन बाट बृहत कोष खडा गरी समूह भित्रकै सदस्यहरुलाई सहुलियत व्याजदरमा कर्जा प्रदान गरी उद्यमी बन्न तथा व्यक्तिलाई आइपर्ने साना ठूला गर्जो र्टार्न सहकारी राम्रो माध्यम बनेको छ । यसै तथ्यलाई आत्मसाथ गरी नेपाल सरकारले अर्थतन्त्रका तिन खम्बे नीति अर्न्तर्गत सहकारीलाई प्रमूख एक खम्बा मानी यसको महत्वलाई पुष्टि गरेको छ ।

सहकारी एउटा यस्तो व्यवसाय हो जहाँ संयुक्त रुपमा सदस्यहरुद्वारा आर्थिक लगानी गरी सोमा व्यवसायवाट प्राप्त मुनाफा नियामनुसार वितरण गरिन्छ । एउटा अविच्छिन्न उत्तराधिकारीवाला, स्वायत्त, स्वतन्त्र र उद्यमशिल व्यवसायीक संगठन नै सहकारी हो । सहकारी एउटा यस्तो उद्यम पनि हो जसले सदस्यलाई सेवा प्रदान गदर्छ । सहकारी समुदायमा बसोवास गर्ने मानिसहरुको अभियान हो । यो पूँजीवाद र शोषणबाट मुक्तिका लागि आम जनताको संयुक्त प्रयास हो, जुन एकका लागि नभएर सबैका लागि हुने गर्दछ । हरेक नागरिकले यसको सदस्य बनेर योगदान गर्न एवं वितरीत सेवा ग्रहण गर्न सक्दछन् । यो समुदायमा आधारीत, सदस्य केन्द्रित र सहकारीको मूल्य, मान्यता, सिद्धान्त र मर्म अनुरुप संचालन हुनुपर्छ । समुदायमा छरिएर रहेका स्थानीय स्रोत, साधन र पूँजीहरुलाई एकत्रित गरी व्यवस्थापन गर्ने कार्यकुशलता वा क्षमता अभिवृद्धि गरी सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्ने सवल संस्थागत माध्यम नै सहकारी हो । अन्तराष्ट्रिय सहकारी महासंघले सहकारीलाई व्यक्तिहरुको स्वच्छिक सहभागीताबाट उनीहरुको समान आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकांक्षा परिपूर्तिका निमित्त सामुहिक स्वामित्व र प्रजातान्त्रीक ढंगबाट नियमित स्वायत्त उद्यमको रुपमा परिभाषित गरेको छ ।

नेपालको राज्य व्यवस्थाले ०१० साल देखि अपनाएको सहकारी अवधारणा हालसम्म ३३ वटा डिभिजन कार्यालयका ६८ वटा जिल्लामा काम गरिरहेका बेला देशभर सहकारी संस्थाको संख्या बढ्दो अवस्थामा छ । देशभरि रहेका ३३ हजार २ सय १ प्रारम्भीक सहकारी, ३ सय ३४ सहकारी संघ, २० वटा विषयगत संघ र केन्द्रिय तथा राष्ट्रिय सहकारी संघ गरी जम्मा ३४ हजार ६ सय २४ सहकारी दर्ता भएको अवस्था छ । पछिल्ला बर्ष हाल नेपालमा सहकारीमार्फत ५२ लाख शेयर सदस्यहरुको बचत २ सय ८ अर्ब रुपैयाँ, अनुदानदेखि सहयोगसम्मको सम्पुर्ण सहकारीमा लगानी रकम १ सय ८५ अर्ब रुपैयाँ, सेयर सदस्यहरुको विभिन्न किसिमको सेयर रकम ६४ अर्ब रुपैयाँ र ८८ अर्ब रुपैयाँ निपेक्ष रकम रहेको तथ्यांक छ । त्यस्तै, सहकारी संस्थामा ६० हजार भन्दा बढिले रोजगारी पाइरहेका छन् ।

सहकारी संस्थाहहरुको नियमन
सहकारी संस्थाहरुको नियमन सहकारी विभागबाट हुँदै आइरहेको छ । पछिल्लो समय भने ठूलो कारोबार गर्ने सहकारीहरुको नियमन राष्ट्र बैंकले गर्ने कुराहरु उठिरहेको छ । यद्यपि, हालसम्म कार्यान्वयनमा भने आइसकेको छैन । विशेषतः ग्रामीण भेगका मानिसहरुलाई समुहमा आवद्ध गराएर रकम संकलित गरी आवश्यक पर्दा सहुलियतमा ऋण लिन सकिने गरी सहकारी संस्थाहरु स्थापना गरिएका हुन्छन् । गाउँगाउँमा सहकारी घरघरमा भकारी भन्ने नाराका साथ हरेक गाउँमा सहकारीहरुको स्थापना गरी बैंकहरु नपुगेको स्थानमा पनि व्यवस्थित रुपमा वित्तीय कारोबार गर्न यस्ता सहकारी संस्थाहरु सहयोगी बनिरहेका छन् । 

सहकारीभन्दा फरक छ फाइनान्स कम्पनी
फाइनान्स कम्पनीहरु सहकारी संस्थाहरुभन्दा बिल्कुलै फरक वित्तीय संस्थाहरु हुन् । राष्ट्र बैंकको अनुमति प्राप्त ग वर्गका वित्तीय संस्थाहरु फाइनान्स कम्पनी हुन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]