Sunday , December 17 2017

डिम्याट एकाउन्ट बढ्नुका चार कारणहरु

December 7, 2017

बैंकिङ खबर । डिम्याट एकाउन्ट खोल्ने ग्राहकको संख्या बढेको छ । सेयर बजारमा डिम्याट एकाउन्ट अनिवार्य गरिएपछि डिम्याट एकाउन्ट खोल्नेको संख्यामा वृद्धि भएको हो । केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी)का अनुसार, मंसिर ११ गतेसम्ममा नौ लाख ८६ हजार पाँच सय ४७ वटा डिम्याट खाता खोलिएको छ । 

यस्ता छन् कारणहरु

  • आफूसँग भएको भौतिक सेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफूसँग सेयर प्रमाणपत्रको कागज चाहिँदैन, त्यो बैङ्कमा रहेको डिम्याट खातामा हुन्छ । 
  • सेयर खरीदविक्री गर्न सहज हुन्छ, खरीदविक्रीको साफसाफ छिटो हुन्छ र प्राप्त हुने बोनस सेयर तथा हकप्रद सेयर आफ्नो हितग्राही खातामा सीधै जम्मा हुन्छ । 
  • सेयरको प्रमाणपत्र लिन कम्पनीमा धाइरहनु पर्दैन । 
  • आफूसँग कुनै कम्पनीको सेयर नभएमा पनि डिम्याट खाता खोल्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *