Sunday , December 17 2017

बीमा समितिको क्षमता अभिवृद्धि हुँदै, विश्व बैंकले सहयोग गर्ने

December 6, 2017

बैंकिङ खबर । नेपालका बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिको क्षमता अभिवृद्धि गरिने भएको छ । यसका लागि विश्व बैंकले सहयोग गर्ने भएको हो । नेपालका विभिन्न वित्तीय क्षेत्रका नियमनकारी निकायलाई सहयोग गर्दै आएको विश्व बैंकले यसपटक अर्थमन्त्रालयको समन्वयमा बीमा समितिलाई अफसाइड सुपरीवेक्षणका लागि सहयोग गर्न लागेको हो । 

अन्तर्राष्ट्रिय स्तरको सुपरभाइजरी
विश्व बैंकले प्रत्यक्ष रूपमा र डिएफआईडीमार्फत समितिलाई सहयोग गर्ने भएको छ । प्रत्यक्ष रूपमा समितिको नियमनसम्बन्धी पुनरावलोकन तथा अद्यावधिक गर्ने, कम्पनीहरूको सुपरीवेक्षण कार्यका लागि अन्तराष्ट्रियस्तरको सुपरभाइजरी गाइडलाइन तयारी पार्ने तथा सोको पूर्वाधार तयारी गर्ने र नियमनकारी निकायको क्षमता अभिवृद्धि गर्नमा विश्व बैंकले सहयोग गर्नेछ । नियमनसम्बन्धी पुनरावलोकन तथा अद्यावधिक अन्तर्गत समितिको ऐन, नियमावली, विनियमावली लगायतलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन आवश्यक संशोधन र अद्यावधिक गर्नमा समेत विश्व बैंकले सहयोग गर्ने बताइएको छ । 

कर्मचारीलाई तालिम
नियमनकारी निकायको क्षमता अभिवृद्धिअन्तर्गत विश्व बैंकले समितिका कर्मचारीलाई तालिम प्रदान गर्ने भएको छ । समितिको क्षमता अभिवृद्धिका लागि आगामी अप्रिल महिनामा आवश्यक खाका तयार पारिसक्ने विश्व बैंकको योजना छ । 

विश्व बैंकले ‘वित्तीय क्षेत्रको सुदृढीकरण परियोजना’अन्तर्गत यसअघि नै नेपाल राष्ट्र बैंक, निक्षेप तथा कर्जा सुरक्षण केन्द्रलगायतका नियमनकारी निकायलाई सहयोग गर्दै आएको छ । 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *