December 6th, 2017

सेयर बजारमा दोहोरो अंकको वृद्धि, झन्डै ६८ करोडको कारोबार

बैंकिङ खबर । बुधबार सेयर बजार ११.६७ अंकले बढेर १५३६.५४ अंकमा पुगेको छ । व्यापारबाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै बीम समूह ६८.६३ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स,  अन्य र लघुवित्त समूह क्रमशः ८.३, २८.०९, २३.९५, ३२.१, ७.७२, १.७३ र २४.८५ अंकले बढेका छन् । व्यापार भने २.४५ अंकले घटेको छ । 

कारोबार रकम पनि मंगलबारको तुलनामा बढेको छ । दिनभरिमा १६६ वटा कम्पनीको १२ लाख ५३ हजार आठ सय पाँच कित्ता सेयर पाँच हजार आठ सय चार पटक खरिदविक्री हुँदा ६७ करोड ९३ लाख ५४ हजार चार सय ९३ रुपैयाँको कारोबार भएको छ । मंगलबार ५७ करोडको सेयर कारोबार भएको थियो । 

शिखर इन्स्योरेन्सको छ करोड, नेपाल टेलिकमको साढे तीन करोड र प्राइम लाइफ इन्स्योरेन्स प्रोमोटरको तीन करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, बुटवल पावर कम्पनी र नेशनल लाइफ इन्स्योरेन्सको दुई करोड तथा एभरेष्ट बैंक, तारागाउँ रिजेन्सी, एनएलजी इन्स्योरेन्स, जनता बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

छ्याङदी हाइड्रो र सिनर्जी पावरका सेयरधनीले क्रमशः ७.५३ र ६.५९ प्रतिशतका दरले कमाउँदा रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रो, गण्डकी विकास बैंक र तारागाउँ रिजेन्सीका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । तिनाउ विकास बैंक, अरुण काबेली पावर, नेशनल माइक्रोफाइनान्स, काबेली विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, हिमालयन पावर पार्टनरका सेयरधनीले सबैभन्दा धेरै २.३५ प्रतिशतका दरले गुमाएका छन् । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, मल्टिपर्पोज फाइनान्स, शिखर इन्स्योरेन्स प्रोमोटर, सेञ्चुरी बैंक प्रोमोटर, सृजना फाइनान्स, विशाल बजार कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, कैलाश विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]