December 5th, 2017

लघुवित्तबाट १५ हजार ऋण लिएको, अहिले मासिक १ लाख कमाउँछु

प्रेमकान्ति चौधरी (दाउन्नेदेवी ५ गंगाबस्ती नवलपरासी)    
लघुवित्त संस्थामा आबद्ध भएपछि मेरो परिवारको दुःख हटेको छ । पहिला परिवारको पेट पाल्न पनि धौधौ थियो । मैले नवप्रतिभाबाट १५ हजार पैसा निकालेर गाईपालन गर्न थालेँ । १५ हजारबाट थालनी गरेको व्यवसायबाट अहिले महिनामा लगभग १ लाखको हाराहारीमा आम्दानी लिन सक्ने भएकी छु । अहिले मैले उर्मिला गाई भैसी फार्म दर्ता नै गरेकी छु । १० वटा गाई भैँसी छन् मेरो फार्ममा । मैले गरेको व्यवसायमा परिवारको साथ र सहयोग भएकै कारण आज म सक्षम भएकी छु । आफ्नो व्यवसायलाई विस्तार गर्ने आट र जागँर पलाएको छ ममा । यसमा श्रीमान्को पनि ठूलो सहयोग छ ।  हामी दुईजना मिलेर नै फार्मलाई सञ्चालन गरेका छौँ । परिवारसँगै बाहिरी कामदारलाई पनि रोजगारी दिएका छौँ । लघुवित्तबाट लिएको १५ हजारले मेरो जीवनमा खुशी ल्याएको छ । यदि साना लघुवित्त कम्पनीहरु नभएको भए हामी जस्तो दुःखी र गरीब समुदायका मानिसहरुको लागि बाँच्ने आधार नै जुट्दैनथ्यो होला । कुराकानीमा आधारीत 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]