December 5th, 2017

उत्सव एक्सप्रेस योजनाका अन्तिम साताका विजेता घोषित

सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको अन्तिम हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का, ओप्पो फोन विजेता तथा एलजी  रेफ्रिजिरेटर विजेताको घोषणा गरेको हो । 

चाँदीको सिक्का विजेताका रुपमा कल्पना लिम्बु, कमला बिक, नारायण प्रसाद न्यौपाने, अनिता देवी चौधरी, सारदा बेलबासे, कमल केसी र सिता कुमारी छेत्री छनोट भएकी छिन् । ओप्पो फोन विजेताका रुपमा  पोखराका बसन्धरी गौतम र ईलामकी दुर्गा माया राई छनोट भएकी छिन् । त्यसैगरी एल जी रेफ्रीजेरेटरको बिजेताको रूपमा महाराजगञ्जका चन्द्र बहादुर थिङ छनोट भएका छन् ।

लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धि सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले समस्त नेपालीको महान चाड दशैं तिहार र छठलाई लक्छित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेको छ । कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने उपहार योजना सार्वजनिक गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]