December 5th, 2017

महालक्ष्मी विकास बैंकद्धारा जेष्ठ नागरिक आश्रमलाई सहयोग

महालक्ष्मी बिकास बैंक लिमिटेड भक्तपुर शाखाले सिद्धि शालिकग्राम जेष्ठ नागरिक आश्रमलाई सहयोग गरेको छ । बैंकले भक्तपुर नगरपालिका भेलुखेलस्थित सिद्धि स्मृति प्रतिष्ठान अन्तर्गतको सिद्धि शालिकग्राम जेष्ठ नागरिक आश्रमलाई ३८ हजार रुपैयाँ बराबरको ग्याँस तथा बिजुली दुवैबाट चल्ने हिटर वितरण गरेको हो । 

आश्रममा आयोजित हिटर वितरण कार्यक्रममा भक्तपुर शाखाका शाखा प्रबन्धक आश कुमार जरेजुले सिद्धि स्मृति प्रतिष्ठानको संस्थापक अध्यक्ष श्याम सुन्दर धौभडेललाई हिटर हस्तान्तरण गरे । जाडो मौसममा बृद्धबृद्धाहरुलाई स्वाथ्य सम्बन्धि विभिन्न समस्या आउने हुँदा बैंकद्धारा प्रदान गरिएको हिटर अति उपयोगी हुने भन्दै संस्थापक अध्यक्ष धौभडेल लगाएत उपस्थित जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गरे ।

बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]