Sunday , December 17 2017

गरिमा विकास बैंकमा जागीर खुल्यो, यसरी गर्नुहोस् तयारी

November 30, 2017

बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडले झापा, मोरङ र सुनसरीमा खोल्न लागिएका शाखाहरुका लागि कर्मचारी माग गरेको छ । बैंकले अधिकृत र सहायक स्तरका कर्मचारी मागेको छ । अधिकृतका लागि स्नातक वा सोसरहको शैक्षिक योग्यताको साथमा दुई वर्षको अनुभव मागिएको छ भने सहायकका लागि प्लस दुई वा सोसरहको शैक्षिक योग्यताका साथमा दुई वर्षको अनुभव मागिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई मंसिर २८ गतेभित्रमा दरखास्त दिइसक्न आह्वान गरिएको छ । 

एप्लाई गर्ने तरिका
एप्लाई गर्नका लागि बैंकको वेभसाइटबाट फारमलाई डाउनलोड गरेर भर्नुहोस् । त्यसपछि आवश्यक कागजातका साथमा उक्त फारम बैंकको इमेल ठेगानामार्फत पठाउनुहोस् । आवेदन फारम, इमेल ठेगाना र आवश्यक कागजातहरुका बारेमा जानकारी लिनका लागि तलको लिंकमा क्लिक गर्नुहास् ।

http://www.garimabank.com.np/assets/upload/career/Application_Form1.pdf

कसरी गर्ने तयारी
श्रेणी तथा पदगत रुपमा लिइने लिखित परीक्षाको पाठ्यक्रम तथा अन्तरवार्तामा समावेश गरिने अन्तरवस्तु यसप्रकार हुनेछ :

http://www.garimabank.com.np/assets/upload/career/Course_content.pdf


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *