November 29th, 2017

ग्लोबल आईएमई बैंकको सीईओमा जनक शर्मा पौड्याल नियुक्त

बैंकिङ खबर । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले पौड्याललाई सीईओ नियुक्त गरेको हो । दुई वर्ष कार्यकाल बाँकी छँदै अनिल ज्ञवालीले बैंक छाडेपछि यसअघि कामु सीईओ रहेका पौड्याललाई सीईओ नियुक्त गरिएको हो । 

बैंकिङ क्षेत्रमा ३० वर्ष लामो अनुभव हासिल गरिसकेका जनक पौड्याल ग्लोबल आईएमई बैंकमा सहायक महाप्रबन्धकको रुपमा भित्रिएका थिए । त्यसपछि, उनी डेपुटी प्रमुख कार्यकारी हुँदै कामु सिइओ समेत बनेका थिए । गत भदौ २९ गते उनी ग्लोबल आईएमई बैंकमा कामु सीईओ भएका थिए ।

विगत केही समयदेखि ग्लोबल आईएमई बैंकको व्यवस्थापनमा रहेपनि जनक शर्मा पौड्यालको बैंकिङ करिअरको सुरुवात भने नबिल बैंकबाट भएको थियो । सन् १९८७ मा इन्ट्रि लेभलबाट काम सुरु गरेका पौड्यालले नबिलमा ११ बर्ष काम गरे । त्यसपछि साविकको एनआइसी बैंक (अहिलेको एनआइसी एसिया) बैंकको स्थापनामा सक्रिय भूमिका खेल्न पुगेका उनी त्यहाँ पाँच वर्ष बिताएर लक्ष्मी बैंकको स्थापनातर्फ लागे । लक्ष्मी बैंकमा एक वर्ष मात्रै काम गरेर अध्ययनका लागि लण्डन पुगेका पौड्यालले लण्डकै बैंकमा पनि साढे चार वर्षको कार्यअनुभव बटुल्न भ्याए । त्यसपछि, नेपाल फर्किएसँगै उनी ग्लोबल आईएमई बैंकको व्यवस्थापनमा करारमा भित्रिएका थिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]