November 26th, 2017

सहकारीको कर्जा सूचना केन्द्र मन्त्रालयले हेर्ने

बैंकिङ खबर । सहकारी संस्थाहरुको कर्जासम्बन्धी सूचना आदानप्रदान गर्नका लागि पनि कर्जा सूचना केन्द्रको स्थापना गरिने भएको छ । केन्द्र स्थापनाका लागि लामो समयदेखि बहस भए पनि सञ्चालन गर्ने निकायको विवादका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन । अब केन्द्रको संचालनको जिम्मा सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई दिइएपछि वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरुले ऋण लगानीको सूचना आदान–प्रदान गर्ने कर्जा सूचना केन्द्र संचालनमा आउने भएको हो । 

सहकारी ऐन–२०७४ ले सहकारी कर्जा सूचना केन्द्रको संचालन मन्त्रालय मातहतमा गर्ने व्यवस्था गरेको छ । केन्द्र सञ्चालनमा मन्त्रालयले सरोकारलालाई समेत सहभागिता गराउनुपर्ने उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाहरुको कर्जासम्बन्धी सूचनाको आदान प्रदान गर्ने सेवा कर्जा सूचना केन्द्र लिमिटेडले दिँदै आएको छ । उक्त केन्द्रले कर्जा लिने ग्राहकको सूचना दिने र ऋण लिएर नतिर्नेलाई कालोसूचीमा राख्ने गर्दै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]