May 5th, 2016

कृषि विकास बैँकका दुई कर्मचारी संगठनबीच एकिकरण

adbनेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र स्वतन्त्र कर्मचारी युनियन कृषि विकास बैँकबीच एकीकरण भएको छ । कृषि विकास बैँकमा एकीकृत (माओवादी)का केन्द्रीय सदस्य एवम् फ्याक्सन सह–इन्चार्ज रामकुमार शर्माको प्रमुख आतिथ्यमा ती सङ्गठनको एकीकरण घोषणा भएको हो । नेपालको ट्रेड युनियन आन्दोलनमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँद कृषि विकास बैँकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकास सिटौलाले सकारात्मक सोच र अग्रणी भूमिकाबाट मात्र देशमा आर्थिक परिवर्तन ल्याउन सकिने धारणा राखे । उनले बैँकको प्रगतिका लागि सम्पूर्ण कर्मचारी तथा सङ्गठनलाई एकतावद्ध भई लाग्न आग्रह पनि गरे ।

नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका अध्यक्ष मोहनमान स्वाँरले जुनसुकै विचारधाराबाट आएको भए पनि देशको आर्थिक विकास तथा कृषि विकास बैँकलाई प्रगतिको पथमा लैजानुपर्ने बताए । त्यस्तै स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष विमलप्रसाद शाहले कर्मचारी विभाजित भएर नभई एकतावद्ध भएर देशको विकासमा लाग्नुपर्ने बताए ।

एकीकरणपछि बनेको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष प्रेमप्रसाद खनालले बैँकमा नयाँ आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न बैँक व्यवस्थापनसँग आग्रह गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]