November 24th, 2017

यसपाली पनि उत्कृष्ट करदाता बन्यो ‘गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स’ 

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडविगत बर्षमाझैँ यस वर्ष पनि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आयकरतर्फ फाइनान्स कम्पनीहरु मध्येबाट सबैभन्दा बढी कर दाखिला गरेको र कर विभागबाट उत्कृष्ट करदाता छनौट मापदण्डको आधारमा सो संस्थालाई आन्तरिक राजश्व कार्यालय ललितपुरले छैठौं राष्ट्रिय कर दिवस २०७४ को उपलक्ष्यमा सम्मान गरेको हो । संस्थाका तर्फबाट महाप्रबन्धक दिनेश लाल श्रेष्ठले उक्त पुरस्कार प्राप्त गर्नु भएको फाइनान्सले जनाएको छ । 

सो संस्थाले २०७४ असोज मसान्तसम्म निक्षेप २ अर्ब ५२ करोड तथा कर्जा लगानी २ अर्ब १४ करोड तथा कुल नाफा २ करोड ५० लाख आर्जन गर्न सफल भएको बताइएको छ । ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको गुहेश्वरी फाइनान्सको चावहिल, हेटौडा, चारअली, विरगञ्ज, कलैया, दमक र जीतपुरमा शाखा कार्यालय रहेको छ । संस्थाले कार्तिक १२ गते देखि ४० प्रतिशत हकप्रद शेयर वितरण गरि रहेकोमा हकप्रद शेयरमा समेत आ.व.०७३/०७४ को बोनस शेयर वितरण पश्चात संस्थाको चुक्ता पूँजी ८० करोड पुग्ने फाइनान्सको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]