November 24th, 2017

निर्धन उत्थान बैंकका ग्राहक सदस्यलाई गाई तथा भैँसीपालन तालिम

काठमाडौँको नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान बैंक लिमिटेडले आफना ग्राहक सदस्यहरुलाई तीन दिने गाई तथा भैंसीपालन तालिम प्रदान गरेको छ । कात्तिक ३० गतेदेखि मंसिर २ गतेसम्म महोत्तरी जिल्लाको गौशालामा संचालित तालिममा गौशाला, जलेश्वर र औरही शाखाहरुका २३ जना ग्राहक सदस्यहरुको सहभागीता रहेको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]