November 22nd, 2017

आठ अंकले परिसूचक बढ्दा कारोबारमा सामान्य गिरावट

बैंकिङ खबर । बुधबार पनि सेयर बजार बढेको छ । व्यापार, फाइनान्स र अन्य बाहेक कारोबार भएका सबै उपसूचक बढेपछि नेप्से परिसूचक ८.०२ अंकको वृद्धिसँगै १४८०.२६ अंकमा पुगेको छ । बीमा समूह सबैभन्दा धेरै ५५.७२ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत् र लघुवित्त समूह क्रमशः ७.६३, ३५.५६, ६.७८, २०.५१ र ६.६ अंकले बढेका छन् । व्यापार समूह स्थिर रहेको छ भने फाइनान्स र अन्य क्रमशः ०.१६ र ०.८६ अंकले घटेका छन् । 

कारोबार रकम मंगलबारको तुलनामा थोरै घटेको छ । दिनभरिमा १५९ वटा कम्पनीको नौ लाख ३१ हजार पाँच सय ३२ कित्ता सेयर चार हजार दुई सय ४९ पटक खरिदविक्री हुँदा ३४ करोड ८२ लाख ८३ हजार तीन सय ५२ रुपैयाँको कारोबार भएको छ । मंगलबार ३५ करोडको सेयर कारोबार भएको थियो । 

सांग्रिला डेभलपमेन्ट बैंक प्रोमोटर र नेपाल टेलिकमको दुई करोड तथा एभरेष्ट बैंक, प्रभु बैंक प्रोमोटर, बुटवल पावर कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको एक करोडमाथिको सेयर कारोबार भएको छ । नेपाल बैंक, चिलिमे हाइड्रो, स्टान्डर्ड चार्टर्ड बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको क्रमशः ८७ लाख, ८६ लाख, ७९ लाख  र ७४ लाख रुपैयाँको कारोबार भएको छ । 

ग्रीन डेभलपमेन्ट बैंक र प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले क्रमशः ९.८६ र ५.५० प्रतिशतका दरले कमाएका छन् । हाम्रो विकास बैंक, दिव्यश्वरी हाइड्रो, सोल्टी होटल, तारागाउँ रिजेन्सी, मिथिला लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, नयाँ नेपाल लघुवित्त, अपि पावर कम्पनी लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, सृजना फाइनान्स र हिमालयन जनरल इन्स्योरेन्सका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । रिलायबल माइक्रोफाइनान्स, अरुण फाइनान्स, वरियन्टल होटल्स, मितेरी डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, छ्याङ्दी हाइड्रो, हरुण काबेली पावर, एक्सेल डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]