November 22nd, 2017

तपाईंको दुई भन्दा बढी डिम्याट खाता छ ? छ भने बन्द गर्नुस्, नत्र खाता रोक्का हुँदैछ

बैंकिङ खबर ।दुईभन्दा बढी हितग्राही(डिम्याट) खाता हुने लगानीकर्ताको खाता रोक्का गरिने भएको छ । केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले दुई भन्दा बढी खाता हुने लगानीकर्तालाई खाता बन्द गर्नका लागि ३५ दिनको अल्टिमेटम दिएको छ । लगानी ब्यबस्थापनमा सहभागी हुनेलाई भने लगानी ब्यबस्थापन अनुसार खाता खोल्न सक्ने छुट दिइएको छ ।
 
यसअघि कार्तिक २६ गते पनि सीडीएससीले सुचना जारी गरी दुई भन्दा बढी खाता हुनेलाई बन्द गर्न आग्रह गरेको थियो । तर अझै केहि लगानीकर्ताले अटेर गर्दै दुइ भन्दा बढी खाता संचालन गरेको हुदा सीडीएससीले खाता बन्द नगर्ने लगानीकर्ताको खाता बन्द गर्ने चेतावनी दिएको हो ।    


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]