November 21st, 2017

१० लघुवित्तको रिपोर्ट : तीनको नाफा घट्यो, दुई नोक्सानमा

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । यसपाली अधिकांश वित्तीय संस्थाको नाफामा गिरावट आएको छ । लघुवित्त वित्तीय संस्थाहरुमा पनि धेरैको नाफा घटेको पाइएको छ । हाल नेपालमा ५३ वटा लघुवित्त संस्थाहरु संचालनमा छन् । जसमध्ये, १० लघुवित्तको प्रथम त्रैमासिक रिपोर्ट यहाँ प्रस्तुत गरिन्छ :

साना किसान विकास बैंक लिमिटेड
साना किसान विकास बैंक लिमिटेडले आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफामा तीन दशमलव ६४ प्रतिशतले वृद्धि गरी आठ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले सात करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ५० करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा १ अर्ब १९ करोड ३१ लाख रुपैयाँ राखेको छ । बैंकले कर्जामा २८ दशमलव ५९ प्रतिशतले बढेर १४ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा १० दशमलव ८८ प्रतिशतले बढेर १६ करोड ३३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफामा ३ दशमलव २२ प्रतिशतले बढेर १२ करोड ८८ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा एक करोड ३५ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी ६५ दशमलव २२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २३ दशमलव ९२ गुणा, प्रतिसेयर नेटवर्थ ३ सय ३७ दशमलव १७ रुपैयाँ र तरलता अनुपात ९ दशमलव ६७ प्रतिशत रहेको छ । बैंकको निस्कृय कर्जा शुन्य दशमलव १२ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १० दशमलव ६० प्रतिशत रहेको छ ।

स्वावलम्बन लघुवित्त विकास बैक लिमिटेड
स्वावलम्बन लघुवित्त विकास बैक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सात करोड ७३ लाख रुपैयाँ  खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नौ दशमलव ९२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा स्वाबलम्बनले सात करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । निक्षेपमा चार अर्ब ६० करोड ४८ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा २० दशमलव ६८ प्रतिशतले वृद्धि गरी आठ अर्ब २४ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी छ दशमलव ११ प्रतिशतले घटेर २१ करोड ५९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १२ करोड १४ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको निष्कृय कर्जा शुन्य दशमलव ८८ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १२ दशमलव १२ प्रतिशत, प्रतिसेयर आम्दानी ७३ दशमलव ८१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव १४ गुणा, प्रतिसेयर नेटवर्थ २ सय ९२ रुपैयाँ र तरलता अनुपात ३१ प्रतिशत रहेको छ ।

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड
मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेन्ट बैंक लिमिटेडले चार आर्थिक वर्षको पहिलो त्रैमासमा ५२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६ दशमलव ५८ प्रतिशत बत्रढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मिर्मिरेले ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 
चार करोड ५० लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकको सञ्चालन मुनाफा एक सय दशमलव ७५ प्रतिशतले बढेर ७४ लाख रुपैयाँ पुगेको बैंकको प्रतिसेयर आम्दानी वार्षिक ४६ दशमलव ४९ रुपैयाँ रहेको छ । निक्षेपमा एक सय २१ दशमलव ६५ प्रतिशतले वृद्धि गरी २४ करोड ४४ लाख रुपैयाँ संकलन गरेको बैंकले जगेडाकोषमा दुई करोड १० लाख रुपैयाँ राखेको छ भने कर्जामा एक अर्ब रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी १५ दशमलव ७१ प्रतिशतले बढेर एक करोड ७४ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ३४ लाख रुपैयाँ राखेको छ भने सात लाख रुपैयाँ खराबकर्जा उठाएको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा शुन्यदशमलव १३ प्रतिशतले घटेर १ दशमलव १४ प्रतिशत रहेको छ । मूल्य आम्दानीको अनुपात वार्षिक ६३ दशमलव ५७ गुणा, तरलता अनुपात ३३ प्रतिशत र प्रतिसेयर नेटवर्थ १ सय ४६ दशमलव ८० रुपैयाँ रहेको छ ।

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव ८७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सामुदायिक लघुवित्तले ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । सात करोड रुपैयाँ चुक्ता पुँजी भएको सामुदायिक लघुवित्तले जगेडाकोषमा दुई करोड एक लाख रुपैयाँ राखेको छ । निक्षेपमा ३० दशमलव ३० प्रतिशतले वृद्धि गरी २१ करोड ५५ लाख रुपैयाँ संकलन गरेको माइक्रोफाइनान्सले कर्जामा ६२ करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ । संस्थाको खुद व्याज आम्दानी एक करोड ५० लाख रुपैयाँ र संचालन मुनाफा ४५ लाख रुपैयाँ रहेको छ । यसले प्रोभिजनमा नौ लाख रुपैयाँ राखेको छ । सामुदायिक लघुवित्तको निष्कृय कर्जा एक दशमलव १७ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति आठ दशमलव ४५ प्रतिशत रहेको छ ।

महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
महिला सहयात्रा माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ४५ दशमलव ८६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा संस्थाले१ ७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
महिला सहयात्रा माईक्रोफाइनान्सले निक्षेपमा ८ करोड ९० लाख रुपैयाँ संकलन गरी कर्जामा ५१ करोड ८७ लाख रुपैयाँ लगानी गरेको छ । संस्थाको खुद व्याज आम्दानी ३० प्रतिशतले बढेर एक करोड ३० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा शुन्य दशमलव ५६ प्रतिशतले घटेर २१ लाख रुपैयाँ पुगेको छ । महिला सहयात्रा माईक्रोफाइनान्सको निष्कृय कर्जा दुई दशमलव ९१ प्रतिशत, जोखिमयुक्त सम्पत्ति २६ दशमलव ३८ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक ८ दशलमव ४६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात एक सय २५ दशलमव २५ गुणा, प्रतिसेयर नेटवर्थ १ सय १६ दशमलव ८७ रुपैयाँ र तरलता अनुपात ११९ प्रतिशत रहेको छ ।

तीन लघुवित्तको नाफामा गिरावट
छिमेक लघुवित्त, नेपाल ग्रामीण विकास बैंक र किसान माइक्रोफाइनान्सको खुद मुनाफामा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा गिरावट आएको छ । 

छिमेक लघुवित्त विकास बैंक लिमिटेड
छिमेक लघुवित्त विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा आठ करोड छ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ प्रतिशत घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा छिमेकले १२ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यो अवधिमा कम्पनीले ३१ करोड ३० लाख ब्याज खर्चेको छ भने, कर्मचारीका लागि १७ करोड १८ लाख रुपैयाँ खर्चेको छ । ८३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छिमेकले जगेडा कोष ९७ करोड ११ लाख रुपैयाँ राखेको छ । त्यस्तै यो अवधिमा कम्पनीको निक्षेप ९ अर्ब ५३ करोड र कर्जा परिचालन १० अर्बबाट १२ अर्ब ९९ करोड पुर्याएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ६९ पैसा, प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ४३ पैसा, मूल्य आम्दानी अनुपात ३७ दशमलव २२ प्रतिशत र प्रतिसेयर कूल सम्पतिको मूल्य १ हजार ९ सय ७९ रुपैयाँ २६ पैसा रहेको छ ।

नेपाल ग्रामीण विकास बैंक लिमिटेड
नेपाल ग्रामीण विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४० दशमलव ०८ प्रतिशत घटेको हो । ५५ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा १९ करोड १३ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २३ दशमलव २९ प्रतिशतले वृद्धि गरी २ अर्ब ३६ करोड रुपैयाँ संकलन गरेको बैंकले कर्जामा आठ अर्ब चार करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी १३ दशमलव ०७ प्रतिशतले घटेर १८ करोड १६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४० दशमलव ४२ प्रतिशतले बढेर दुई करोड ७१ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ३ करोड ३६ लाख रुपैयाँ राखेको छ भने १२ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । बैंकको निष्कृय कर्जा ४ दशमलव ६९ प्रतिशत रहेको छ । बैंकको मूल्य आम्दानीको अनुपात ५४ दशमलव ७८ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ३४ दशमलव ३२ रुपैयाँ र तरलता अनुपात ९ दशमलव ४६ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक १२ दशमलव ९६ रुपैयाँ रहेको छ ।

किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा किसान माइक्रोफाइनान्स वित्तीय संस्थालिमिटेडले १२ लाख ११ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१ दशमलव १२ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनानमा किसानले ४१ लाख ९४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । कम्पनीको सञ्चालन मुनाफा १७ लाख ८६ रुपैयाँ रहेको छ । तीन करोड २२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको किसानले जगेडा कोषमा दुईकरोड ८५ लाख रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७६ पैसा, प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ७२ पैसा, मूल्य आम्दानी अनुपात ६६४ दशमलव ४२ प्रतिशत र प्रतिसेयर कूल सम्पतिको मूल्य २ हजार ८ सय ३८ रुपैयाँ ७ पैसा रहेको छ ।

सबैको र आशा लघुवित्त नोक्सानमा
सबैको लघुवित्त र आशा लघुवित्त नोक्सानमा रहेका छन् ।

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले मुनाफा १५ करोड १८ लाख रुपैयाँ आर्जन गरेको थियो ।११ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी भएको संस्थाको जगेडाकोष २४ लाख रुपैयाँ नेगेटिभमा रहेको छ । ९९ लाख रुपैयाँ संकलन गरेको कम्पनीले कर्जामा सात करोड ५८ लाख रुपैयाँ लगानी गरेको छ । सबैको लघुवित्तको खुद व्याज आम्दानी २१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन २५ लाख रुपैयाँ नोक्सानमा रहेको छ । लघुवित्तको निष्कृय कर्जा शुन्य रहेको छ भने पूँजीकोष अनुपात ७८ दशमलव ८० प्रतिशत रहेको छ ।

आशा लघुवित्त वित्तीय संस्था लिमिटेड
आशा लघुवित्त वित्तीय संस्था लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १७ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । सात करोड रुपैयाँ चुक्ता पूँजी भएको आशा लघुवित्तले जगेडाकोषमा १ करोड ४८ लाख रुपैयाँ नेगेटिभमा रहेको छ । निक्षेप ८ करोड ३६ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा ६५ करोड ९६ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी ८६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन ३७ लाख रुपैयाँ नोक्सानमा रहेको छ । लघुवित्तको निस्कृय कर्जा शुन्य दशमलव ०३ प्रतिशत र पूँजीकोष अनुपात ८ दशमलव ५१ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]