November 21st, 2017

ग्रीन र गण्डकीलाई हकप्रद निष्काशनको अनुमति

बैंकिङ खबर । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र गण्डकी विकास बैंक लिमिटेडले हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएका छन् । ग्रीनले चार सय प्रतिशत अर्थात एक बराबर चारको अनुपातमा तथा गण्डकीले २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको हो ।

ग्रीन डेभलपमेन्ट बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद जारी गर्ने अनुमति पाएको छ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । हाल गीन डेभलपमेन्ट बैंकको चुक्तापुँजी १० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी ५० करोड रुपैयाँ पुग्नेछ । 

त्यस्तै, हाल एक अर्ब ८४ करोड ३९ लाख २६ हजार तीन सय रुपैयाँ चुक्तापुँजी भएको गण्डकी विकास बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ४६ करोड नौ लाख ८१ हजार पाँच सय ५० रुपैयाँ बराबरको ४६ लाख नौ हजार आठ सय १५ दशमलव ५० कित्ता हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । हकप्रद निष्काशनपछि गण्डकीको चुक्तापुँजी दुई अर्ब ३० करोड ४९ लाख सात हजार आठ सय रुपैयाँ पुग्नेछ । हकप्रद निष्काशनका लागि बैंकले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]