November 21st, 2017

सामान्य अंकले परिसूचक बढेपनि घट्यो सेयर कारोबार

बैंकिङ खबर । मंगलबार सेयर बजार ३.०८ अंकले बढेर १४७२.२४ अंकमा पुगेको छ । विकास बैंक, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः ३.२३, २.२९, १४.९४ र ५.५ अंकले घटेपनि बाँकी समूहहरु उकालो लागेपछि समग्र नेप्से परिसूचक हरियो भएको छ । मंगलबार हरियो भएका उपसूचकहरुमध्ये, सबैभन्दा धेरै व्यापार समूह १५.६२ अंकले बढेको छ भने बीमा समूह १४.९५ अंकले बढेको छ । बैंकिङ, होटल, जलविद्युत् र लघुवित्त क्रमशः ५.४९, ९.०५, ६.६५ र ३.२९ अंकले बढेका छन् । 

परिसूचक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । दिनभरिमा १५९ वटा कम्पनीको आठ लाख ४२ हजार छ सय ८२ कित्ता सेयर चार हजार दुई सय ९० पटक खरिदविक्री हुँदा जम्मा ३५ करोड आठ लाख १८ हजार दुई सय ५१ रुपैयाँको कारोबार भएको छ । सोमबार ३९ करोडको कारोबार भएको थियो । 

कुल कारोबारमध्ये, नागबेली लघुवित्त प्रोमोटरको सवा चार करोड तथा एभरेष्ट बैंकको साढे दुई करोडमाथिको सेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सको एक करोडमाथिको कारोबार भएको छ । चिलिमे हाइड्रो, जनता बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सको क्रमशः ९३ लाख, ८९ लाख, ८९ लाख, ६५ लाख, ६० लाख र ६० लाख रुपैयाँको कारोबार भएको छ । 

ग्रीन डेभलपमेन्ट बैंक र विशाल बजारका सेयरधनीले क्रमशः ९.८४ र ९.८१ प्रतिशतका दरले कमाएका छन् । अरुण काबेली पावर, सिनर्जी पावर, मितेरी डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, बरुण हाइड्रो, हिमालयन जनरल इन्स्योरेन्स, मल्टिपर्पोज फाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, प्रोग्रेसिभ फाइनान्स र एक्सेल डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ६.०३ र ५.०९ प्रतिशतका दरले गुमाएका छन् । जेविल्स फाइनान्स, मिसन डेभलपमेन्ट बैंक, देवः विकास बैंक, सिभिल लघुवित्त, कन्काई विकास बैंक, खानीखोला हाइड्रो, सानिमा माइ हाइड्रो, मिथिला लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]