November 20th, 2017

मर्चेन्ट बैकरहरुले आफ्नो माउ कम्पनीको सेयर निष्काशन गर्न नपाउने

बैंकिङ खबर । मर्चेन्ट बैंकरहरुले आफ्नो माउ कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्न नपाउने भएका छन् । नियामक नेपाल धितोपत्र बोर्डले आइतबार ३ बुँदे निर्देशन दिँदै मर्चेन्ट बैंकरहरुलाई कडाई गरेको हो । बोर्डका अनुसार मर्चेन्ट बैंकरले आफु आधारभूत सेयरधनी रहेको कम्पनीको सेयरको निष्काशन तथा बिक्री प्रबन्धकको काम पनि गर्न पाउने छैनन् । आफु आधारभूत सेयरधनी रहेको तथा आफ्नो मुख्य कम्पनीको निष्काशन तथा विक्री प्रवन्धकले धितोपत्रको प्रत्याभूति गर्दा स्वार्थ बाझिन सक्ने भन्दै बोर्डले रोक लगाएको हो । यो व्यवस्था लागू भएसँगै मर्चेन्ट वैंकिङ्ग व्यवसायलाई स्वच्छ, स्वतन्त्र तथा पारदर्शी हुने बोर्डको विश्वास छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]