November 19th, 2017

गण्डकी विकास बैंकको नयाँ शाखा विरगञ्जमा 

गण्डकी विकास बैंक लिमिटेडले पर्सा जिल्लाको विरगञ्जमा नयाँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ ।  विरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले उक्त शाखाको उद्घाटन गरे । उक्त शाखामा निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबिबिएस, एटिएम, मोबाइल बैँकिङ्ग, रेमिट्यान्स सेवासहितको पूर्ण बैंकिङ्ग सेवा उपलब्ध हुने बताइएको छ ।  

शाखा उद्घाटन समारोहमा मेयर सरावगीले बैंक परिवारप्रति बधाई ज्ञापन गर्दै सफलताको शूभकामना व्यक्त गरे । उक्त अवसरमा नेपाल राष्ट्र वैकका निर्देशक एवं विरगंज शाखा प्रमुख रविन्द्र महर्जनले पनि शुभकामना मन्तव्य दिए । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर वज्राचार्यले बैंकको वित्तीय अवस्था, बैंकले प्रदान गर्ने सेवा सुविधाको साथै विविध गतिविधिको बारेमा जानकारी गराए । 

बैकले निकट भविष्यमा काठमाडौँको नयाँ बानेश्वर, रुपन्देहीको बेलहिया, नेपालगञ्ज, घोराही, धनगढी, हेटौडा, तानसेन, पोखराको रत्नचोक र चितवनको पर्सामा नयाँ शाखा खोल्ने तयारी गरिरहेको छ । 

गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७३÷७४ मा संचालन मुनाफा रु. ८५ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. १८ अर्ब ३३ करोड , कर्जा तर्फ रु.१६ अर्ब ५१ करोड पु¥याएको छ । साथै  बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ । 

बैंकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी दोहोरिएका शाखा मर्ज पश्चात ५३ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना,सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, आस्वा, आईपिएस, एटिएम, मोबाइल बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिटेन्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका उद्यमी व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]