Sunday , December 17 2017

दोहोरो अंकले परिसूचक घट्दा ४५ करोडको कारोबार, १८ कम्पनीका सेयरधनीले कमाए

November 19, 2017

बैंकिङ खबर । आइतबार सेयर बजार १३.३४ अंकले घटेर १४७५.७२ अंकमा कायम भएको छ । उत्पादनमूलकबाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै बीमा समूह १३४.३३ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, अन्य र माइक्रोफाइनान्स समूह क्रमशः ७.३४, ८५.२५, १७.६६, १०.४५, ५.०८, ७.८ र २४.८७ अंकले घटेका छन् । उत्पादनमूलक भने ६.८२ अंकले बढेको छ । 

दिनभरिमा १५६ वटा कम्पनीको ११ लाख ५५ हजार छ सय ९२ कित्ता सेयर एक हजार एक सय १८ पटक खरिदविक्री हुँदा ४५ करोड ५२ लाख सात सय २९ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, एभरेष्ट बैंकको सात करोड ६६ लाख र सोल्टी होटलको सवा दुई करोडमाथिको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स, अरुण काबेली पावर, सिभिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र मुक्तिनाथ विकास बैंकको एक करोडमाथिको कारोबार हुँदा चिलिमे हाइड्रो र प्राइम लाइफ इन्स्योरेन्सको क्रमशः ८२ लाख र ७७ लाखमाथिको कारोबार भएको छ । 

जम्मा १८ कम्पनीका सेयरधनीले कमाएका छन् । ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै ३.५९ प्रतिशतका दरले कमाएका छन् । कल्टिपर्पोज फाइनान्स, एभरेष्ट बैंक, हिमालयन डिस्टीलरी, महुली सामुदायिक लघुवित्त, सूर्योदय लघुवित्त, सिभिल लघुवित्त, रिडी हाइड्रो, हिमालयन पावर पार्टनर, कालिका माइक्रोक्रेडिट लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, नेपाल हाइड्रोका सेयरधनीले ९.१५ तथा मिथिला लघुवित्त, गुडविल फाइनान्स, वरियन्टल होटल्स र समिट माइक्रोफाइनान्सका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । ङादी ग्रुप पावर, सगरमाथा इन्स्योरेन्स, सोल्टी होटल, मिर्मिरे माइक्रोफाइनान्स, स्वाबलम्बन विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *