May 5th, 2016

मेरो माइक्रोफाइनान्सको आईपीओ बुधबार बाँडिने

ipoमेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आगामी मंगलबार र बुधबारभित्रमा ६ लाख १२ हजार कित्ता साधारण शेयर बाँडफाँ गर्ने भएको छ । आईपिओ निष्काशनको ४० दिनमा सेयर बाँडफाँड गर्नुपर्ने नेपाल धिातेपत्र बोर्डको नियम रहेको छ । मेरो माइक्रोफाइनान्समा १ लाख भन्दा बढी आवेदक भएकोले बढीमा ५० दिन भित्र सेयर बाँडफाँड गरिसक्नुपर्ने जनाइएको छ । 

संस्थाको आईपीओे निष्काशन बन्द भएको करिब ४० दिन पुग्न लागिसकेको छ । संस्थाको  फागुन २७ गतेदेखि निष्काशित सेयर चैत १ सम्म बन्द भएको थियो । संस्थामा झण्डै १९४ गुणा आईपिओ आवेदन परेको थियो । संस्थाले सेयर बिक्री प्रबन्धकका लागि ग्लोबल आईएमई क्यापिटललाई यसअघि नै नियुक्त गरिसकेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा संस्थाले ५ करोड ५३ लाख रुपैया खुद मुनाफा आर्जन गरेको छ । सो मुनाफा गत वर्षको सोही अवधिको तुलनामा ९६.९ प्रतिशतले बढी हो । हाल १४ करोड १८ लाख चुक्ता पुँजी रहेको मेरो माइक्रोफाइनान्सको जगेडा कोषमा ९ करोड ७८ लाख रुपैँया रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]